Logo

प्रकाशसिंह कार्की: जो सोलुखुम्बुमा सबैभन्दा बढी मत ल्याएर कांग्रेस महाधिबेशन प्रतिनिधि निर्वाचित भए


सोलुखुम्बु। नेपाली कांग्रेस सम्पन्न १४ औं अधिबेशनमा सोलुखुम्बुबाट प्रकाशसिंह कार्कीले सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । शुक्रवार भएको निर्बाचनमा महाधिवेशन प्रतिनिधिको खुलातर्फ सर्बाधिक बढी मत ल्याएर कार्कीले सोलुखुम्बु जिल्लाको कांग्रेस राजनीतिमा आफूलाई लोकप्रिय रहेको प्रमाणित गरेका हुन् ।

निर्बाचनमा खसेको मत ८ सय ८२ मध्ये नेता कार्कीले ५ सय ५२ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ। महाधिवेशन प्रतिनिधिमा बिजयी अर्का नेता आङछिरिङ शेर्पाले खुलातर्फ दोश्रो ५ सय ३० र पूर्ब पार्टी सभापति आङगेलु शेर्पाले तेस्रो ४ सय ४६ मत ल्याएका छन् ।

कार्की सोलु कांग्रेसको राजनीतिका तेस्रो ध्रुब हुन।केन्द्रीय सदस्य बलबहादुर केसी र पूर्ब पार्टी सभापति आङगेलु शेर्पाले चलाएको गुटगत राजनीतिले जिल्लामा कांग्रेस कमजोर बन्दै गएको भन्दै कार्कीले यसको अन्त्य हुनुपर्ने अभियान नै चलाएका थिए।उनको यो अभियानमा दोश्रो लोकप्रिय मत ल्याउने शेर्पाको पनि साथ थियो।उनीहरूले प्राप्त गरेको यो मतले कार्यकर्ताहरु जिल्लामा बैकल्पिक नेतृत्वको खोजीमा रहेको प्रमाणित भएको विश्लेषण गरिएको छ।

निर्बाचनमा महाधिवेशन प्रतिनिधि खुलातर्फ बिजयी भोजराज कार्कीले ४ सय २१, कुशराज राइले ४ सय१३, खिलराज बस्नेत ४ सय १७, मनोज खड्काले ३ सय ८८,
नविन थापा ३ सय ७०, मंगलसिं तामाङ ३ सय ५६, नातिकाजी गुरुङ ३ सय ५५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : शनिबार, ४ मंसिर २०७८ २१:५६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ