Logo

कांग्रेस सोलुखुम्बुको सभापति टुङ्गो लागेन, फेरी निर्वाचन हुने सम्भावना


सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको १४ औं जिल्ला अधिबेशन अन्तर्गत भएको मतदानको मतगणना शनिबार राती अबेर सकिएको छ । तर, यो निर्वाचनबाट सभापतिको भने टुङ्गो लाग्न नसकेको निर्वाचन समितिले जनाएको छ । सभापतिका लागि नाम्गेल जाङ्बु शेर्पा, विनोद कुमार बस्नेत र राम बहादुर बस्नेतको उम्मेद्वारी परेकोमा बिधानत कुनै उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेकोले सभापति पदका लागि फेरि मतदान हुने सम्भावना बढेर गएको छ ।

नेपाली कांग्रेसको निर्बाचन निर्देशिका अनुसार सभापति पदमा ३ जनाको उम्मेद्वारी परेको खण्डमा कुनै पनि सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउनु पर्ने ब्यवस्था रहेको छ ।

प्राप्त मत परिणामअनुसार सभापतिका उम्मेदवार नाम्गेल जाङ्बु शेर्पाले ४ सय १८ र बिनोदबाबु बस्नेतले ४ सय २८ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार रामबहादुर थापाले ५ मत प्राप्त गरेको बताइएको छ। निर्बाचनमा ८ सय ८२ मत खसेको थियो।

सभापतिबाहेक जिल्ला कार्यसमितिका अन्य पदाधिकारीको भने टुङ्गो लगेको छ । अन्य पदाधिकारीहरुमा मिश्रित परिणाम आएको बुझिएको छ । उपसभापतिमा घनराज सुनुवार र फुदोर्जी शेर्पा, सचिवमा भलाकाजी कुलुङ र युबराज घिमिरे, सहसचिवमा ङिमाछिरि शेर्पा र उत्रमान राइ (शेर्पा प्यानल) विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै सदस्यहरुमा सुर्यबहादुर बस्नेत, जमुना राई, देण्डी शेर्पा, उर्मिला कुलुङ, सुवर्ण बहादुर बस्नेत, सरस्वती कार्की बस्नेत, ईन्द्रबहादुर बस्नेत, पदमकुमारी राई, पासाङ फुटी शेर्पा, रिता कुलुङ, लक्ष्मी राई, थिरबहादुर नेपाली, रञ्जु भुजेल र जसकुमार राई निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न मतगणनाबाट सभापति बाहेक ३६ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएका छन् । सभापतिमा सहमति नभएको खण्डमा पुन नयाँ मतदानको मिति तोकिने जनाइएको छ ।

प्रकाशित मिति : आईतवार, ५ मंसिर २०७८ ०९:४३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ