Logo

गीतकार सुनिल दिप्त राईको ‘सुमो चढेर…’ पूर्वेली गीत सार्वजनिक हुँदै


काठमाडौं । गीतकार सुनिल दिप्त राईले विभिन्न कोशेली ल्याउने क्रममा अब चाडै सुमो चढेर पूर्वेली लोक गीत ल्याउँदैछन् । हाल दक्षिण कोरिया कार्यक्षेत्र बनाएर बसिरहेका गीतकार राईले आफ्नो जन्मभूमि सोलुखुम्बुको माटो सुहाउँदो पूर्वेली भाकाको गीत लेखेका हुन् । उक्त गीत लेखनमा गायक तथा संगीतकार दिपेश चाम्लिङ राईकोसमेत साथ रहेका छ ।

‘रस्ती, बस्तीको विषयमा कथा, कविता, गीतहरु नलेखिएका पनि होइनन्’ गीतको बारेमा अग्रीम जानकारी दिदै गीतकार राई अगाडि भन्छन्, ‘मलाई पनि लेख्ने तिर्खा थियो तर, लेख्न सकिरहेको थिइन । यस पटि भने आफ्नै थातथलो सोलुखुम्बु अटाउने पूर्वेली लोक भाकाको सिर्जना भएको छ । पक्कै यस गीतले मेलापात र विहे कार्जेहरुमा सारथी बन्न सक्ने छ भन्ने लागेको छ ।’

गायक तथा संगीतकार दिपेश चाम्लिङ राईले संगीत भरेको उक्त गीतमा द भोइस अफ नेपालमा फस्ट रनर अपको उपाधि जितेकी पछिल्लो समय निक्कै व्यस्त गायिका तारा श्रीस मगर र अर्टेन राईले स्वरबद्ध गरेका छन् ।

किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेञ्ज कृष्ण भक्त राईले गरेका हुन् भने सुरेश राई रेकर्डिस्टको रुपमा रहेका छन् । त्यस्तै मिक्सिङ मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोको लागि भिडियोग्राफी तथा इडिटिङको पक्ष भने डिजाइनर गंगाराम राईले गर्नेछन् । गीत आर्टेन राई अफिसियल यूट्युव च्यानलमार्फत सार्वजनिक गरिने जनाइएको छ ।

गीतकार राई यसअघि विभिन्न चर्चित गजल/गीत लेखन तथा निर्माण यस क्षेत्रमा आफुलाई अब्बल सावित गर्दै आएका छन् ।

प्रकाशित मिति : आईतवार, ५ मंसिर २०७८ २१:५०
प्रतिक्रिया दिनुहोस्