समाजवाद स्थापना गर्ने हैसियत भएको पार्टी माओवादी केन्द्र नै होः सांसद हेमकुमार राई
तस्वीरः वीजे लुक्ला
सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्जसमेत रहेका संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ले आगामी निर्वाचनमा १ नम्बर पार्टी बन्ने बताएका छन् । आजको समाजलाई अगाडि बढाउने एजेण्डा र संगठनको हिसाबले समाजवाद स्थापना गर्ने हैसियत भएको पार्टी माओवादी केन्द्र नै भएको उनले बताए ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रनिकट वाइसीएल नेपाल र अनेरास्ववीयु क्रान्तिकारी, देउसाको संयुक्त आयोजनामा सुरु भएको अन्तर जिल्ला वडास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल तथा देउसा सिङ्गिङ आइडल र देउसा डान्स स्टारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद राईले यस्तो बताएका हुन् ।
उनले समग्र सोलुको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, खेलकुदलगायतको सबै क्षेत्रको विकासका लागि एक कदम अगाडि बढेर पहलकदमीमा सधैं अगाडि बढिरहेको बताए । गलत शैली र गलत विचारलाई हटाउँदै प्रतिभाको सम्मानमा खेलले सहयोग पु¥याउने उनको भनाई छ ।