माप्य दुधकोशीमा राष्ट्रपति रनिङ शिल्डसँगै फुटबल तथा भलिबल प्रतियोगिता हुँदै
अर्जुन खालिङ राई
सोलु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डसँगै विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम आगामी पौष २७ गतेबाट माग १ गतेसम्म गाउँपालिकाको खेल मैदान कोर्कुमा संचालन गर्न लागिएको माप्य दुधकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादबले जानकारी दिनुभयो ।
गाउँपालिकाको लगानीमा निर्माण भएको खेल मैदान निर्माण भएपछि पहिलो पटक यहाँ कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा माप्य दुधकोशी गाउँपालिकाभित्र संचालित अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड, माप्य दुधकोशी गाउँपालिका वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिब प्रतियोगिता, गाउँपालिका स्तरीय पुरुष एकल ब्याडमिन्टन प्रतियोगिता र सोलुखुम्बु जिल्ला स्तरीय अन्तर गाउँपालिका÷नगरपालिका फुटबल प्रतियोगिता संचालन हुने छन् ।
उक्त प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि यही २०७८ पुस १२ गतेदेखि २६ गतेसम्म गाउँ कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, यूवा तथा खेलकुद शाखामा प्रवेश दर्ता गर्नुपर्ने जनाइएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रको साथमा क्रमशः नगद रु. १० हजार, रु. ८ हजार, रु. ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा महिला÷पुरुष भलिबलमा प्रथम, द्धितीय र तृतीय टिमले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः नगद रु. ३० हजार, २० हजार, १५ हजार र सान्त्वना हुनेले नगद ८ हजार प्राप्त गर्नेछन् ।
पुरुष एकल ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमले प्रमाणपत्र, मेडलको साथमा क्रमशः नगद रु ७ हजार, ५ हजार र ४ हजार प्राप्त गर्नेछन् ।
पुरुष फुटबलको बिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसतै द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३० हजार र रु. १५ हजार प्राप्त गर्नेछन् ।
गाउँपालिकाले प्रतियोगिताको लागि आधिकारिक रुपमा सुचनासमेत जारी गरेको छ । यस कार्यक्रमबारे आवश्यक थप जानकारी लिनका लागि गजेन्द्र भट्टराई (९८४९५१७९३३) र नवराज राईलाई (९८६२९५२९१०) सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।