Logo

माओवादीको केन्द्रीय सदस्यमा अटाएनन् अधिकांश विद्यार्थी नेता


काठमाडौं– नेकपा माओवादी केन्द्रको २३६ सदस्यीय केन्द्रीय समितिमा अधिकांश विद्यार्थी नेता अटाउन सकेनन्।

आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनको बन्दसत्र हलमा प्रस्तुत गरेको सूचीमा अखिल क्रान्तिकारीका अध्यक्ष पन्चा सिंहसहित ११ विद्यार्थी नेताको नाम छुटेको हो।

प्रचण्डले प्रस्तुत गरेको सूचीमा रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल, सन्तोष बिष्ट, रन्जित तामाङ, दिपक देवकोटा, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, विजय गौतम, उत्तम अधिकारी र पन्चा सिंहको नाम समेटिएको थिएन।

गत असोजमा अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि सिंहसहित भण्डारी, बस्नेत, देवकोटा, गौतम र अधिकारी गरी ५ प्रत्यासी थिए।

अध्यक्ष पदका प्रत्यासी धेरै भएपछि उनीहरुलाई पार्टी केन्द्रीय समितिमा समेट्ने प्रचण्डले आश्वासन दिएका थिए। प्रचण्डको उक्त आश्वासन सँगै उनीहरु पछाडि हटेका थिए। त्यसपछि सिंह अखिल क्रान्तिकारीको अध्यक्षमा पदमा निर्वाचित भएकी थिइन्।

उनीहरूमध्ये न्यौपाने, ढकाल, विष्ट र तामाङ क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्। यस्तै, देवकोटा, बस्नेत, भण्डारी र गौतम पूर्वउपाध्यक्ष हुन् भने अधिकारी पूर्वमहासचिव हुन्।

प्रकाशित मिति : सोमबार, १९ पुष २०७८ २२:०५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ