‘फिफा वर्ल्डकप २०२२’ को ट्रफि सगरमाथाको चुचुरोमा पुर्याउदै आरोही नर्बिन मगर !
काठमाडौं । नेपाली २६ बर्षे युया सगरमाथा आरोही नर्विन मगरले कतारमा हुन लागेको फिफा वर्ल्डकप २०२२ को ट्रफिलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुर्याउने भएका छन् । सर्वोच्च शिखरबाट फुटबलको महत्व दर्साउदै त्यसको माध्यमबाट मुलुकको पर्यटन प्रवर्धनमा गर्ने उद्देश्यका साथ उनले सो अभियानको थालनी गरेका हुन् ।
यसैबीच, आरोही नर्बिनको अभियानलाई संस्थागत रुपमा अगाडि बढाउनका लागि श्याम राना मगरको अध्यक्षतामा अभियान समितिसमेत गठन गरिएको छ । नर्विनले फिफा विश्वकप फुटवल ट्रफीको रिप्लिकालाई सेभेन चुचुरोमा पुर्याउने सँगसँगै फिफा सदस्य राष्ट्रहरु २११ वटा देशका झण्डाहरुलाई समेत शिखरहरु फहराउने लक्ष्य लिएका छन् । आरोहणपछि उक्त ट्रफी, झण्डा साथै अन्य उपयोग भएका सामाग्रीहरु संग्रहालयमा राख्ने योजना उनको छ ।
अभियानलाई सफल पार्नका लागि एन्फा, विश्वकप आयोजक देश कतारको नेपालीस्थित दुतावास, पर्यटन मन्त्रालय, खेलकुद मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाललगायत विभिन्न संघसंस्था, निकाय तथा सरोकारवालासँग समन्वय गरेर अभियान अगाडि बढाउने आरोही नर्बिनले शिखरपोष्टलाई बताए ।
आरोही नर्विनले २३ बर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरी मगर समुदायकै सबैभन्दा कान्छो आरोहीको रेकर्ड कायम गरेका थिए । त्यत्तिमात्र होइन २३ वर्षकै उमेरमा नर्विनले अफ्रिका महादेशको सर्वोच्च शिखर किलिमञ्जरो (५,८९५ मि.), युरोपको एल्ब्रुस (५,६४२ मि), साउथ अफ्रिकाको आकान्कागवा (६,९६२) को सफल आरोहण गरेका थिए ।
त्यसको अलावा उनले टेक्निकल हिमाल मानिने आमादब्लम (६,९६२) हिमाल, मनास्लु (८,१६३ मि.), मेरापिक (६,४७६ मि.) आईल्याण्ड पिक (६,१८९ मि.) हिमालको नौ पल्ट सफल आरोहण गरेका छन् भने पोकल्ड (५,८०६ मि.), लोबुचे पश्चिम (६,११९ मि.) दुईपल्ट, चोलु वेस्ट (६,४१९ मि.) लगायतका दर्जनौ हिमाल तथा पिकहरुको सफल आरोहण गरेका छ्न् । भएको छ । भने पछिल्लो पल्ट उहाँले मनास्लु (८,१६३ मि.) हिमाललाई २६ बर्षको उमेरमा सफल आरोहण गर्नु भएको छ ।
एड्भान्स लेभवको माउन्टेन गाईड कोर्ष गरिसकेका नर्विनले सेभेन समिट एक्स्पिडिसन २०१८-२० प्रोजेटमा ४ वटा माउन्टेनहरुको सफल आरोहण गर्नुका साथै द ग्रेट हिमालयन ट्रेललाई सबैभन्दा सानो उमेरमा चार महिनाको समयमा सकेर नयाँ रेकर्ड कायम गरेका छ्न् भने एभरेष्ट म्याराथन २०१२ मा (४२ कि.मि.), अन्नपुर्ण म्याराथन २०१३ मा (५० कि.मि.) र सोलु सल्लेरी देखि पिके २०११ मा (२८ कि.मि.) रेस समेत पुरा गरेका छ्न् ।
सगरमाथा रहेको र आफ्नो जन्मथलोसमेत रहेको जिल्ला सोलुखुम्बुबाट आफ्नो अभियानको औपचारिक थालनी भएको घोषणा गर्ने योजना आरोही नर्विनले सुनाए ।