Logo

आफूले पाउने सेवा सुविधाबाट एक एमबीबीएस पढाउने गाउँपालिका अध्यक्ष राईको घोषणा


सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफूले पाउने सुविधा वापतको रकम खर्चेर एक जनालाई एमबीबीएस पढाउने घोषणा गरेका छन् । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित अध्यक्ष राईले पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन् ।

आफ्नो कार्यकालभर राज्यबाट प्राप्त गर्ने सुविधा वापतको रकम खर्चेर एक जनालाई एमबीबीएस पढाउने घोषणा गर्दै अध्यक्ष राईले भनेका छन्, ‘गाउँपालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुविधा गाउँपालिका भित्रका गरीब तथा जेहेन्दार विद्यार्थी १ जनालाई एमबीबीएस पढाउन खर्च गर्नेछु ।’

यसका साथै अध्यक्ष राईले गाउँपालिकावासी जनताहरुको सहजताको लागि वातावरण मैत्री विद्युतीय बस (चार्जिङ स्टेशन) बनाएर सेवा सन्चालन गर्ने घोषणा पनि गरेका छन् ।

गत आइतबार साँझ मात्रै राई थुलुङ दूधकोशीको अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसका वीर बहादुर गुरुङलाई ५३८ मतान्तरले पछि पार्दै राई पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक समेत रहेका राईले ४,०४९ मत प्राप्त गर्दा कांग्रेसका वीर बहादुर गुरुङले ३,५११ मत र नेकपा (एमाले)का आङ बाबु राईले १,६०१ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : शनिबार, ७ जेष्ठ २०७९ २०:०५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ