१६ वर्षीय शेर्पाले गरे मनास्लु हिमालको सफल आरोहण
काठमाडौँ — १६ वर्षीय निमा रिन्जी शेर्पाले मनास्लु हिमालको आरोहण गरेर मनास्लु हिमालको मुख्य चुचुरोमा पुग्ने सबैभन्दा कान्छो आरोही बनेका छन् ।
विश्वको आठौं अग्लो मनास्लु हिमालको निमा रिन्जी शेर्पाले सफल आरोहण गरेका हुन् । शुक्रबार बिहान ९ बजेर २० मिनेटमा शेर्पाले मनास्लुको मुख्य चुचुरोमा पाइला टेकेको सेभन समिट ट्रेकका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार निमाले आफ्नो पहिलो हिमाल आरोहण मनास्लु हिमालबाटै सुरुवात गरेका हुन् । उनी सेभन समिट टे«कका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाका छोरा हुन् । टासी पनि कान्छा आरोहीको रुपमा परिचित छन् ।