सोलुखुम्बुमा केसी र राई आम्नेसाम्ने ! कस्ले मार्ला बाजी ?
सोलुखुम्बु : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुमा पुर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राईबीच प्रतिस्पर्धा हुने भएको छ । केसी योसहित सात पटक चुनावी मैदानमा हुनुहुन्छ भने राई चुनावी मैदानमा प्रवेश गरेको यो पहिलो हो ।
पाँचदलीय गठबन्धनबाट केसी रहनुभएको छ भने एमाले-राप्रपा गठबन्धनबाट मानबीर राईले मनोनयन दर्ता गराउनुभएको छ । दवै उमेद्वारले जीत निश्चित रहेको दावी गरिरहनुभएको छ । साँझा उमेद्वारसंगै व्यक्तिगत लोकप्रियता भएकाले आफ्नो जित निश्चित भएको केसीको दावी छ ।
यस्तै टिकट वितरणमा नै समस्या देखिनुका साथै काँग्रेस पार्टी भित्रको आन्तरिक द्धन्द्धले गर्दा आफुले चुनाव जित्ने राईको दावी छ । सातौ पटक चुनावी मैदानमा रहेका आफ्ना प्रतिष्पर्धीले चार पटक चुनाव जित्दा लोकप्रिय काम गर्न नसकेको कारण आफुले जित्ने राईको जिकिर छ ।
२०६४ को पहिलो संविधान सभा निर्वाचनमा माओवादीका गोपाल किराँती र २०७४ को निर्वाचनमा माओवादीकै हेमकुमार राई (शुरवीर)ले काँग्रेसका बलियो मानिने उमेद्वार केसीलाई पराजित गरेका थिए ।