सोलुखुम्बुबाट प्रदेशसभा सदस्यमा शेर्पा र राजभण्डारी विजयी !
सोलु (सल्लेरी) । सोलुखुम्बु जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क)मा नेकपा माओवादी केन्द्रका नेता गोम्बु शेर्पा (कज्र्याङ) र प्रदेश निर्वाचन क्षेत्र (ख)मा एमालेका नेता बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् ।
बुधबार अबेर सार्वजनिक प्रदेश सभा सदस्यको अन्तिम मत परिणामअनुसार एमालेका तर्फबाट उम्मेद्धार बनेका उत्तमकुमार बस्नेतलाई १ हजार ६३७ मतान्तरले पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् ।
शेर्पाको दस हजार ३५ मत रहेको छ भने बस्नेतले आठ हजार ३९८ मत प्राप्त गरेका छन् ।
लामो समयदेखि नेकपा (माओवादी केन्द्र) सोलुखुम्बु जिल्लाको नेतृत्व सम्हालेका शेर्पा पार्टीभित्र एक निष्ठावान नेताका रुपमा स्थापित छन् ।
त्यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख)मा माओवादी केन्द्रका तर्फबाट प्रत्यासी उम्मेद्धार शिव बहादुर बस्नेत (राजेन्द्र)लाई ३ हजार ३१३ मतअन्तरले पराजित गर्दै राजभण्डारी निर्वाचित भएका हुन् । १० हजार १२८ मत ल्याएर जित्दा बस्नेतले ६ हजार ८१५ मत मात्रै प्राप्त गरे ।
राजभण्डारी यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएर एमालेको १ नम्बर प्रदेशको प्रमुख सचेतक बनेका थिए ।
यो जितको लागि शिखरपोष्ट मिडिया ग्रुपको तर्फबाट दुबैजनालाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।