Logo

बिशाल भट्टराईलाई पराजित गर्दै खोटाङबाट माओवादी केन्द्रका रामकुमार राई प्रतिनिधिसभा सदस्यमा विजयी


खोटाङ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङ जिल्लाबाट नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार राई विजयी बनेका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार राईले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

कुल खसेको ६७ हजार ४०८ मध्ये राईले ३१ हजार ३५१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका छन् ।


यस्तै जनता समाजवादी पार्टी नेपालका उमेद्वार कृष्णकुमार राईले १ हजार ९१४ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठले १ हजार ७६१ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारीअनुसार जम्मा २ हजार ९८६ मत बदर भएको छ।

प्रकाशित मिति : बिहीबार, ८ मंसिर २०७९ १४:२०
प्रतिक्रिया दिनुहोस्