Logo

थुलुङ दुधकोशी वडा नं. ८ को नवनिर्मित प्रशासनिक भवनको गाउँपालिका अध्यक्ष राईद्वारा उद्घाटन


सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ८ को नवनिर्मित वडा प्रशासनिक भवन उद्घाटन गरिएको छ। सोमबार गाउँपालिका अध्यक्ष असिम राईले सो भवनको औपचारिक उद्घाटन गर्नुभएको हो।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाबासी सबैलाई बधाई ज्ञापन गर्नुभयो । नयाँ वडा कार्यालय बन्नु आफैंमा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उहाँले जनसेवालाई छिटोछरितो ढंगबाट प्रवाह गर्न निर्देशन दिनुभयो।

हरेक हिसाबले थुलुङ दुधकोशी गाउँपालिका जिल्लाको लागि मात्रै नभएर देशकै नमुना भएको दाबी अध्यक्ष राईको छ । गाउँपालिकाको विकासका लागि नयाँ नयाँ योजना तथा कार्यक्रमका साथै ठूल्ठूला भौतिक पूर्वाधारको विकासलाई भाषणमा नभएर कार्यान्वयन र परिणाममा ढालेर जनचाहनालाई सम्बोधन गर्न आफू हरतरहले लागि परेको उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सविता राईले थुलुङ दुधकोशीको विकासको गतिले एकपछि अर्को गरेर फड्को मारिरहेको जिकिर गर्दै यसमा नागरिक तहबाट पनि साथ र सहयोग खाँचो रहेको बताउनुभयो ।

वडा नम्बर ८ वडाध्यक्ष राजेश किराँतीको सभापतित्व र गाउँपालिका अध्यक्ष राईको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राईसँगै वडा नम्बर ७ देउसाका वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्की, वडा नम्बर ३ पञ्चनका वडाध्यक्ष इन्द्रमणी दाहाल (राजन)वडा नम्बर ६ मुक्लीका वडाध्यक्ष महेन्द्रदीप राईलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : सोमबार, २२ जेष्ठ २०८० १९:४३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ