Logo

नेचासल्यान गाउँपालिकाले संकलन गर्यो आगामी आवको नीति तथा कार्यक्रमका लागि सुझाव


सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ । गाउँपालिकाको सभाहलमा बृहत सार्वजनिक कार्यक्रम नै गरेर सुझाव संकलन गरिएको हो । राजनितिक दलका प्रतिनिधि तथा सरोकारवालाले गाउँपालिकाले आगामी वर्षमा गर्नुपर्ने विकास, पर्यटन, शिक्षा, कृषि, सडक, आर्थिक उपार्जनका सवालमा विभिन्न सुझाव दिएका थिए ।

कृषिलाई व्यवसायिक तथा आधनुनिकिरण, पालिका भित्र भएका नागरिकका समान्य आधारभुत आवश्यक र पुर्तिका सवालमा भएका समस्या, योजना सञ्चालन गर्दाका समस्या, महिला लक्षित कार्यक्रम कार्यान्वयनका सवालमा जिज्ञासा सहित सुझाव दिए । गाउँपालिका अध्यक्ष धनजन राईले सझुावलाई पनि नीति तथा कार्यक्रममा समावेश गर्ने बताएका छन् । समाजमा सकारात्क प्रभाव पर्ने तथा नागरिकको जनजिवन उकास्ने गरि कार्यक्रम ल्याईने बताए । गाउँपालिका उपाध्यक्ष बिना राईले सुझावका आधारमा नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

गाउँपालिकाको समृद्धिको सवालमा साझा रुपले अघि बढ्ने बताईन् । कार्यक्रममा पाँच वटै वडाका जनप्रतिनिधि, गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लबुन राई, अन्य शाखाका कर्मचारी, गाउँपालिका भित्रका सक्रिय राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, महिला सञ्जालका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, व्यवसायि लगायत सरोकारवालाको उपस्थिती रहेको सहकर्मी सोभितकुमार ढुंगेलले जानकारी दिए ।

प्रकाशित मिति : बिहीबार, ७ असार २०८० ११:०२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ