संचारकर्मी एवं गीतकार मनुहाङ किरातीकृत ‘हौ हामी किराती’ सार्वजनिक
सोलुखुम्बु – संचारकर्मी एवं गीतकार मनुहाङ किरातीकृत “हौ हामी किराती” बोलको गीत सार्वजनिक भएको छ । बहुजातीय, बहुभाषिक, बहु साँस्कृतिक हाम्रो मुलुकमा यस गीतले समग्र सबै किरातीहरुको प्रतिनिधित्व गरेको छ।
२०८० सालको कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा, ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ । सबित कुलुङ(आल्से)को संगीत, क्षितिज कुलुङको संगीत संयोजन तथा मिक्सिङ, प्रेम कुमार कुलुङको आवाज, क्षितिज कुलुङको एरेन्ज, रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत ए लेभल स्टुडियो काठमाडौमा रेकर्ड गरिएको हो ।
गीतकारको किरातीको शब्द रहेको यो पाँचौ गीत हो । यस अगि सालपा सिलिछोमी..(कुलुङ भाषामा)मुर्चुङ्गा र बिनायो, महाकुलुङ गान(संयुक्त), गुदेल माविको हीरक गान(संयुक्त) गीतहरु सार्वजनिक भईसकेको छ । मूलतः कवि र गजलकार रहेका शब्दकार किरातीले त्यसको अलावा संचार कर्मसमेत गर्दै आएका छन् ।