Logo

डाडाँगाउँमा जिल्लाव्यापी महिला पुरुष भलिबल तथा गाउँपालिकास्तरीय डबल ब्याटमिन्टन हुँदै


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा वडा स्तरीय महिला/पुरुष भलिबल तथा खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । सानो फुलबारी सामुदायिक संस्थाको अयोजनामा आउँदो माघ २ गतेदेखि ४ गतेसम्म गाउँपालिकाको वडा नं. ४ काँकु, डाँडामा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

भलिबल प्रतियोगितामा सोलुखुम्बु जिल्लाव्यापी नयाँ संरचनाअनुसारको सम्बन्धित वडाबाट मात्रै भाग लिन पाइने आयोजकले जनाएको छ । त्यस्तै डबल व्याटमिन्टन भने माप्य दुधकोशी गाउँपालिकास्तरीय खुल्ला रहने छ । अहिले प्रतियोगितामा सहभागिताका लागि टिम दर्तासँगै तयारी तीब्र पारिएको कार्यक्रम संयोजक विकास राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागिताका लागि माघ १ गतेसम्म टिम दर्ता गर्न सकिने खेल संयोजक सुन्दर राईले जानकारी दिनुभयो । टिम दर्ता शुल्क भलिबल तर्फ ५ हजार र ब्याटमिन्टनतर्फ २ हजार राखिएको छ । खेल अन्तर्राष्टिय नियमअनुसार खेलाइने छ ।

कार्यक्रमको दोस्रो दिन स्थानीय कलाकारहरुको प्रस्तुतिसहित सांगीतिक साँझ आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमका आर्थिक संयोजक रमेश राईकाअनुसार भलिबलतर्फ महिला र पुरुष दुबैतर्फको पुरस्कार प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ५० हजार रुपैयाँ, ३० हजार र २० हजार र १० हजार नगद राशीको साथमा टफी, मेडल तथा प्रमाणपत्र रहेको छ । त्यस्तै ब्याटमिन्टनतर्फ प्रथम, द्धितीय र तृतीय पुरस्कार क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद राशीको साथमा टफी, मेडल तथा प्रमाणपत्र रहेको छ ।

 

प्रकाशित मिति : बिहीबार, १२ पुष २०८० २१:०१
प्रतिक्रिया दिनुहोस्