Logo

२७ वटा हिमालको व्यवस्थापन गर्ने जिम्मा पुनः एनएमएलाई


काठमाडौं । नेपाल सरकारले २७ वटा हिमालको व्यवस्थापन गरिरहेको नेपाल पर्वतारोहण संघ (एमएमए)को अधिकार नवीकरण गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अघिल्लो महिना २७ हिमालको व्यवस्थापनको अधिकार नेपाल पर्वतारोहण संघलाई नै दिने गरी अधिकार नवीकरण गरेको हो ।

यो नवीकरणको अवधि ५ वर्षको हुने छ । यसअघि २०७५ सालमा सरकारले २७ वटा हिमालको व्यवस्थापनको अधिकार संघलाई दिएको थियो ।

चुली इस्ट (६५८४ मि), हिउँचुली (६४३४ मि), मेरापिक (६४७० मि), लोबुजे (६०९० मि) लगायतका हिमाल प्रवर्द्धनसँगै रोयल्टी संकलनको काम समेत अहिले संघले गर्दै आएको छ ।

संघले अग्ला हिमालहरु चढ्नु अघि तालिमका रुपमा प्रयोग गर्न सकिने सानो उचाइका हिमालहरुलाई व्यवस्थापन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : बिहीबार, १९ पुष २०८० १३:५९
प्रतिक्रिया दिनुहोस्