Logo

माथिल्लो इन्खु खोला जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई फागुन २४ मा हुँदै


सोलुखुम्बु / प्रस्तावित माथिल्लो इन्खु खोला जलविद्युत आयोजना (२४.२२ मेगावाट) को वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई हुने भएको छ । यूनिभर्सल पावर कम्पनी लिमिटेडद्धारा प्रस्तावित उक्त आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम आगामी फाल्गुन २४ गते विहान १० बजे सोताङको चेपेल आधारभूत विद्यालयमा हुने भएको हो ।
कम्पनीले सार्वजनिक सुनुवाई गर्ने सम्बन्धि सुचना २०८० फाल्गुन १३ गतेको मितिमा एक पत्रिकामा प्रकाशित गरेको छ ।

प्रस्तावित आयोजनाको प्रभावित क्षेत्र माप्य दुधकोशी गाउँपालिका वडा नं. ७ र सोताङ गाउँपालिका वडा नं. २ पर्ने बताइएको छ । इन्खु खोलामा २९.० मिटर लामो पानी संकलन गर्ने संरचना निर्माण गरेर २९५० मिटर लामो सुरुङ हुँदै सोही खोलाको दाया किनारामा भूमिगत विद्युतगृह निर्माण गरी नदी प्रवाहमा आधारित माथिल्लो इन्खु खोला जलविद्युत आयोजनाको सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

यूनिभर्सल पावर कम्पनी लिमिटेड प्रस्तावक रहेको उक्त आयोजनाको परामर्शदाता थापाथलीमा अवस्थित नेपाल इन्भाइरोमेन्टल एण्ड साइन्टिफिक सर्भिसेज प्रालि रहेको छ ।

प्रकाशित मिति : सोमबार, १४ फाल्गुन २०८० २२:०४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ