Logo

निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना बुढीगण्डकी अर्धजलाशयमा लगानी सम्झौता


बुढीगण्डकी अर्धजलाशय (३४१ मेगावाट) मा लगानी सम्झौता भएको छ। साहस उर्जा लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिका क्षेत्रमा निर्माण गर्न लागेको यो आयोजना हालसम्मकै निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हुनेछ।

सम्झौतामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का लगायत सरोकारवाला निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

 

आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाहरू सहभागी भएका छन् ।

लिड बैंकको भूमिकामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ भने नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक सहायक लिड बैंकको रूपमा रहनेछन् ।

कुल ७० अर्ब लागत अनुमान गरिएको आयोजना निर्माणमा बैंक तथा वित्तीय संस्थाहरूले ७५ प्रतिशत ऋण अर्थात् ५२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सहमति गरेका छन् । बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी रहनेछ । साहस उर्जाले सो स्वपुँजीको ५१ प्रतिशत हिस्सा अर्थात् ८ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्नेछ । कम्पनीले संस्थापक सेयरमार्फत १० करोड रुपैयाँसम्म लगानी गर्ने अवसर खुला गरी हकप्रद सेयर समेत निष्कासन गरिसकेको छ।

लगानी सम्झौताअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब, नबिल बैंक र लक्ष्मी सनराइज बैंकले समानरूपमा ८–८ अर्ब, ग्लोबल आईएमई बैंकले ७ अर्ब, एचआईडिसिएल र माछापुच्छ्रे बैंकले ४–४ अर्ब, निफ्राले ३ अर्ब, सिटिजन्स बैंक, प्रभु बैंकले समान ३–३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन्।

आयोजनाको बाँध गोरखाको सल्लेरीमा निर्माण हुनेछ भने त्यसबाट ६.८ किलोमिटर लामो भूमिगत सुरुङमार्फत धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत उत्पादन गरिनेछ। उत्पादन हुने विद्युत ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमा जोडिनेछ। रातामाटे सबस्टेसन अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत निर्माण हुँदै गरेको संरचना हो।

प्रकाशित मिति : बिहीबार, २३ श्रावण २०८२ २०:२७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ