Logo

सोलुखुम्बुमा ‘नयाँ वर्ष विशेष सांगीतिक साँझ’ हुँदै


सोलुखुम्बु । नयाँ वर्ष २०८१ को शुभारम्भको दिन वैशाख १ गते सोलुखुम्बुको सल्लेरीमा ‘नयाँ वर्ष विशेष सांगीतिक साँझ–२०८१’को आयोजना गरिने भएको छ ।

सोलुखुम्बु होमस्टे, सोलुदुधकुण्ड यूथ क्लब र सानदार मिडियाको आयोजनामा सोलुखुम्बु होमस्टेमा हुने सांगीतिक साँझमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।

आयोजकका अनुसार गायिका बविना किराती, गायक प्रियजन राई, दुर्लभ जन्तरे, पेम्बा छिरिङ पाख्रिन र कलाकार सुम्निमा खालिङ उक्त कार्यक्रमका लागि सोलुखुम्बु आउने छन् ।

डिजे सन्तोष माइलाको डिजे सेसन रहने कार्यक्रम अपराहन्न ४ बजे देखि चल्ने छ । कार्यक्रममा स्थानीय कलाकारको समेत प्रस्तुति रहनेछ ।

सोलुखुम्बु होमस्टेमा चल्ने कार्यक्रम हेर्न चाहने दर्शकलाई प्रवेश निशुल्क रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, २३ चैत्र २०८० ०५:५१
प्रतिक्रिया दिनुहोस्