Logo

खालिङ भाषा कविता प्रतियोगीताका लागि उत्कृष्ट १० कविता छनौट


काठमाडौँ । किरात खालिङ राई उत्थान संघले आयोजना गरेको ‘खालिङ भाषिक खुला कविता प्रतियोगीता–२०८१’ का लागि उत्कृष्ट १० कविता छनौट गरिएको छ ।

संघको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगीताका लागि प्राप्त ५० भन्दा बढि कविताबाट उत्कृष्ट १० भाषिक कविता छनौट गरिएको संस्थाले जनाएको छ ।

उत्कृष्ट १० मा कुसुम खालिङ राई, रमेश राई, नरेन्द्र मलिमलाल, मुना खालिङ राई, श्रद्धा खालिङ राई, रेजिना खालिङ (रामरिसफूल), एकाप्रसाद खालिङ, मिङमार खालिङ, रविन खालिङ र मज्जलाल ख्यालका खालिङ भाषिक कविता छनौटमा परेको छ ।

उत्कृष्ट १० मा छनौट कविता सम्बन्धित कविले असोज १० गते काठमाडौँमा आयोजना हुने स्थापना दिवस विशेष कार्यक्रममा बाचन गरिने छ ।

प्रतियोगीताका विजेतालाई १० हजार, ७ हजार, ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ । बाँकी ७ प्रतिस्प्रर्धीलाई नगद १५ सयको साथमा प्रमाणपत्र प्रदान गरिने किरात खालिङ राई उत्थान संघका अध्यक्ष बल बहादुर खालिङले जानकारी दिए ।

सोही दिन खालिङ समुदायबाट रक्षामन्त्री बनेका मानवीर खालिङ र पत्रकार तथा कवि गिलु रातोसलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, ७ आश्विन २०८१ २०:५४
प्रतिक्रिया दिनुहोस्