Logo

जंक्वः भोजको अवसरमा महर्जन परिवारद्ववारा वर्णमाला प्रकाशनका लागि लिपि गुथिलाई एक लाख सहयोग


काठमाडौँ । प्रचलित नेपाल लिपि तथा रञ्जना लिपिको वर्णमाला प्रकाशनका लागि लिपि थपू गुथिलाई एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

शिक्षाप्रेमी, समाजसेवी रविन्द्र महर्जनका बुबा ज्ञानलाल र आमा सानुमायाको जंक्व अर्थात् भीमरथारोहण तथा उनका भाइ सुरेन्द्र महर्जन तथा बुहारी सीताकी छोरी प्रशंसाको भिंबाह्राको अवसरमा आयोजित भोजमा महर्जन परिवारले सो सहयोग गरेको हो ।

शनिबार भएको उक्त कार्यक्रममा लिपि थपू गुथिका अध्यक्ष धर्मकृष्ण सिकःमिलाई रविन्द्र महर्जनले उक्त चेक हस्तान्तरण गरेका थिए । लिपि थपू गुथिलाई रन्जना लिपि, प्रचलित लिपि र भुजिमोल लिपिको वर्णमाला पुस्तक १००० प्रति प्रकाशन गर्नका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी ,बागमती प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महालक्ष्मी नगरपालिका ललितपुरकी उपप्रमुख लक्ष्मी महर्जनलगायत विभिन्न व्यक्तित्व, नातेदारको उपस्थितिमा गुथिका अध्यक्ष धर्मकृष्ण सिकर्मीलाई चेक हस्तान्तरण गरिएको थियो ।

नेवा सभ्यता बारे हरेक मठ मन्दिरमा रन्जना लिपि, प्रचलित एबम भुजिमोल लिपि ले लेखिएका शीलालेख र शिलापत्र हरु पढ्न समेत नसकिने भैसकेको हुनाले यी लिपिको अध्ययन अद्यापन गरिनु जरुरी छ ।

सयुक्त राष्ट्र सघ मा नेपालको सदस्यता लिने बेलामा नै राष्ट्रिय लिपि – रन्जना लिपि उल्लेख गरिको थियो ।

प्रकाशित मिति : मंगलवार, १६ बैशाख २०८२ ११:०३
प्रतिक्रिया दिनुहोस्