Logo

नाट्टा निर्वाचन सरगर्मी : पन्त समुहको उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न


काठमाण्डौ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षका उमेद्धवार भीमप्रसाद पन्त समुहले उमेद्धवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । पन्त समुहको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सह–कोषाध्यक्षमा युविका भण्डारीले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यहरुमा लक्ष्मि कार्की अधिकारी,गीता ढकाल (रेजु), सुवर्ण श्रेष्ठ, रामशोभित नायक र हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा र चुडा वहादुर जिम्बा रहेका छन ।

राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार पन्तले समग्र नाट्टा सुधारको एजेण्डासहित आफु मैदानमा उत्रिएको बताउंदै आफ्नो टीम व्यावसायिक मुद्धा स्थापित गर्न सक्षम रहेको बताए । कार्यक्रममा चुनाबी प्रतिबद्धता समेत प्रश्तुत गरिएको थियो । नाट्टा निर्वाचन यही जनवरी १७ तारिकका दिन राजधानीमा हुंदैछ ।

प्रकाशित मिति : सोमबार, २८ पुष २०७६ ०९:४८
प्रतिक्रिया दिनुहोस्