Logo

अवैध यौन गतिविधिमा संलग्न ७३ जना नयाँ बसपार्कबाट पक्राउ


  1. नयाँ बसपार्क क्षेत्र गंगबुबाट प्रहरीले अनैतिक यौन क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४३ पुरुष, २५ युवती र पाँच तेस्रोलिङ्गी छन्।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले मंगलबार दिउँसो नयाँ बसपार्क क्षेत्रका होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको हो।

नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाइएको ‘स्विप अप्रेशन’ का क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।

पक्राउ परेकाहरु लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न भएका प्रहरीले जनाएको छ। उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बुधबार, १ माघ २०७६ ०८:२७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ