Logo

नेपाल राष्ट्रको बेइज्जत, नेपाल भ्रमण वर्षको बेइज्जत !


यो फोटो पोष्ट गर्दै पत्रकार धनबल राई ब्यङ्गयात्मक टिप्पणी गर्छन्:

‘झ्वाट्टै हेर्दा तपाईँलाई लाग्ला, कस्तो अश्लील तस्वीर पोष्ट गरेको ? भनेर।ट्वीटरमा भेटिएको यो तस्वीर पोष्ट नगरी अनि सच्चा र स्वाभिमानी नेपालीहरुको प्रतिक्रियासँगै सम्बन्धित निकायको ध्यानाकर्षण नगरी बस्न मन भएन।

पोष्ट गरें। यसलाई तपाईँहरुले अन्यथा नलिनुहोला। नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहँदा अनि २० लाख पर्यटकलाई भित्र्याउँछु भनिरहँदा यस्ता खालका तस्वीरहरुलाई सामाजिक संजालीकरण गर्न कति उचित हुन्छ? यो भने विचारनीय प्रश्न हो। सम्बन्धित मन्त्रालय, मन्त्री अनि निकायहरुको ध्यानाकर्षण होस्।

‘नेपाल भ्रमण वर्ष २०२०’ लोगो अंकित टि–सर्टलाई यस्तो हर्कतमा प्रयोग गर्न कति जायज हुन्छ, अहिलेको परिप्रेक्ष्यमा? फेसबूकले सेन्सर् नलगाएको खण्डमा तस्वीर हेरी प्रतिक्रिया अवश्य दिनुहोला ।’

-नेपाल राष्ट्रको बेइज्जत
-नेपाल भ्रमण वर्षको बेइज्जत

प्रकाशित मिति : शुक्रबार, ३ माघ २०७६ २१:५८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ