Logo

खरिखोला माविको ‘शैक्षिक उन्नयन कोष’ अभियान सुरु, अभियानमा धमाधम जोडिँदै


काठमाडौं, २५ साउन । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिका वडा नं-१ स्थित खरिखोला माध्यमिक विद्यालयमा ‘शैक्षिक उन्नयन कोष’ अभियान थालनी गरिएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न बिशेष समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सो अभियानको औपचारिक उद्घाटन गर्नुभएको हो ।

सोही अवसरमा पूर्वगाउँपालिका अध्यक्ष कपका लागि सहयोग गर्ने दाताहरुलाई सम्मानित गरियो ।

गाउँपालिका वडा नं १ का वडाध्यक्ष तथा खरिखोला माविको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष फुनुरु शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्बमन्त्री समेत रहनुभएका नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य बलबहादुर केसी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा, कोशी प्रदेश सभा सदस्य डोल्मा तामाङ, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख एवम् नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा, खुम्बु पासाङल्हामू गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हामू शेर्पा, नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब कार्यकारी सदस्य एबम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाशसिं कार्की, वातावरणविद् एवम् वरिस्ठ पर्यटन ब्यवसायी आङछिरिङ शेर्पा, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)का बरिस्ठ उपाध्यक्ष एबम् नेपाली कांग्रेस प्रदेश ‘ख’ का सभापति कर्मा शेर्पा, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) का महासचिव सोनाम ग्याल्जेन शेर्पाको विशेष आतिथ्यता रहेको थियो।

खुम्बु पासाङ ल्हामू गाउँपालिका ३ र ४ का वडाध्यक्ष नुरु जाङ्बु शेर्पा र लक्ष्मण अधिकारी, सोलुदुधकुण्ड नगरपालिका वडा नं २ र ७ का वडाध्यक्ष ङवाङ ठिले शेर्पा र सोनाम ग्याल्जेन शेर्पा, सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पा, खुम्बु पासाङल्हामू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतम, नेपाली कांग्रेस सोलुखुम्बु अनुशासन समिति संयोजक गणेश बस्नेत, नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापा, नेबिसंघका केन्द्रीय सदस्यद्वय बाबुराम आचार्य र दीनराज बास्तोला लगायत स्थानीय बुद्धिजीवी समाजसेवी तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरप्रमुख एबम् सोलु कांग्रेसका सभापति नाम्गेल जाङ्बु शेर्पाले १ लाख ५० हजार, सोलु कांग्रेसका नेता एवं सफल व्यवसायी प्रकाशसिं कार्कीले १ लाख ११ हजार, नेपाली कांग्रेस प्रदेश ‘ख’ सोलुखुम्बुका सभापति कर्मा शेर्पाले ५० हजार ५ सय र कोशी प्रदेश सभा सदस्य डोल्मा तामाङले ५० हजार रुपैयाँ खरिखोला माविको शैक्षिक उन्नयन कोषका लागि सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

पूर्बमन्त्री केसी, कांग्रेस केन्द्रीय सदस्य शेर्पा र वातावरणबिद् एबम बरिस्ठ पर्यटन ब्यबसायी शेर्पाले पनि कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा खरिखोला माबिलाई सहयोग गर्ने हिमालयन ट्रष्टका कार्यकारी अध्यक्ष पासाङ दावा शेर्पा, क्लासरुम अफ द क्लाउडसका अध्यक्ष दावा ग्याल्जेन शेर्पा, एक्सन फर खरिखोला स्वीट्जरल्यान्डका शेर बहादुर रानामगर, माउन्ट स्प्रीट फाउण्डेशनका अध्यक्ष रिन्जी शेर्पा, खरिखोला ट्रष्ट, लायन्स क्लीन ड्रीङ्किङ वाटर प्रोजेक्ट,ह्युमन औथिक्स प्रोजेक्ट, इन्टल प्रो जर्मन, माउन्टेन भिवा, खरिखोला माबिका संस्थापक सदस्य कामीदोर्जी शेर्पा, विद्यालयका जग्गादाता मोतीप्रसाद रानामगर लगायतलाई सम्मानित गरिएको थियो ।

वडाध्यक्ष एवं बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेर्पाले पवित्र उद्देश्यका साथ यो अभियान थालनी गरिएको भन्दै यसको सहि सदुपयोगका लागि सचेत हिसाबले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पाङ्गोम स्वास्थ्य चौकी भवन निर्माणका लागि मन्त्री पौडेलले गर्नुभएको सहयोगप्रति आभार प्रकट गर्दै खुम्बु पासाङल्हामू गाउँपालिकाको केन्द्रमा पोष्टमार्टम गृह निर्माण, ‍एउटा एम्बुलेन्स र खरिखोलामा पाँच शय्याको अस्पताल निर्माणका लागि संघीय सरकारको तर्फबाट सहयोग गर्न मन्त्री पौडेललाई स्मरण गराउनुभएको थियो ।

 

प्रकाशित मिति : आईतवार, २६ श्रावण २०८२ १०:३२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ