Logo

चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी


चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताए। परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उनले जानकारी दिए।

‘त्यहाँ पनि सबैको स्वास्थ्य जाँच हुन्छ। यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन त्यही उपचार हुन्छ। बाँकी अन्यलाई फिर्ता गरिन्छ’, उनले भने। अहिलेसम्म सबै सुरक्षीत रहेको पनि प्रवक्ता श्रेष्ठले प्रस्ट पारेका छन्। नेपाल फर्काएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने उनले बताए। ‘क्वारेन्टाइनमा स्वस्थ मान्छेलाई राखिन्छ। उहाँहरु सबै स्वस्थ हुनुहुन्छ। आइसोलेसनमा हो संक्रमितमा राख्ने’, श्रेष्ठले भने।

मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भइरहेको जनाएको छ। मंगलबर बेलुकीसम्म ठाउँ एकिन हुने प्रवक्ता श्रेष्ठले बताए। मन्त्रालयले तीन तहमा समिति बनाएर अध्ययन गरीरहेको बताउँँदै उनले फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिने बताए। यसअघि वुहानबाट फर्किका एक जनामा संक्रमण देखिएको थियो।

प्रकाशित मिति : सोमबार, २० माघ २०७६ १९:३९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ