Logo

नेप्से १२.०९ अङ्‌कले घट्यो


साताको तेस्रो दिन (मङ्‌गलबार)पुँजी बजार मापक नेप्से १२.०९ अङ्‌कले घटेको छ। नप्से घटेर १३३७.०४ अङ्‌कमा आइपुगेको छ।

आज जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ७६.६१ अङ्‌कले घट्न पुग्यो। साथै, होटल समूहको सूचक पनि ७४.२३ अङ्‌कले घटन पुग्यो।

उक्त दिन १२ समूहमध्ये ८ समूहको घटेको छ भने ४ समूहको सूचक बढेको छ। निर्जीवन बिमा कम्पनी समूहको सूचक २८.७९ अङ्‌क, विकास बैंक समूहको सूचक ५.०१ अङ्‌क, फाइनान्स कम्पनीको सूचक ०.६३ अङ्‌क र अन्य समूहको सूचक ०.९ अङ्‌कले बढन पुग्यो।

आज हिजोको तुलनामा कम रकम अर्थात् १ अर्ब ५७ करोड १ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार हुन पुग्यो। हिजो १ अर्ब ६१ करोड १७ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

उक्त दिन नेपाल इन्स्योरेन्सको सेयर सबैभन्दा बढी १० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार नेको इस्योरेन्सको सेयर भएको छ। उक्त इन्स्योरेन्सको ६ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। तेस्रो बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर रहेको छ। उक्त इन्स्योरेन्सको ४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : मंगलवार, २१ माघ २०७६ १९:०२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ