Logo

एसियाली पूर्वाधार लगानी बैंकको जम्बो टोली काठमाडौंमा


एसियाली पूर्वाधार लगानी बैंकको प्रतिनिधिमण्डल गएराति काठमाडौं आइपुगेको छ । १३ जनाको प्रतिनिधिमण्डल राति १० बजे हङकङबाट क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ६०३ मा आएको बताइएको छ ।

नेपालले आफू सदस्य रहेको उक्त बैंकमा छ वटा राष्ट्र सम्मिलिन कन्स्टिचुएन्सी ३ को डाइरेक्टरको रुपमा कार्य गर्दै आएको छ।

श्रीलंकाका आरएमपी रथनायकेको नेतृत्वमा आएको टोलीमा डाइरेक्टरहरु स्विट्जरल्याण्डका स्टेफन डेन्जलर र इटालीका फाब्रिजियो कोस्टा छन् । त्यसैगरी अल्टरनेटिभ डाइरेक्टरहरुमा न्युजिल्याण्डका ह्युगो भान डाइक, बेलायतका मार्क कोलिन्स, आइसल्याण्डका स्टइकर जाफेत हेन्डरिक्सन, जर्मनीका क्यामिलो जर्ज भोन मुल्लर फ्रेहर, टर्कीका कान्सेल सेर्मेट किलिन्कास्लान हुन् ।

नेपाल आएका अन्यमा अल्टरनेटिभ डाइरेक्टर इजरायलका असफ सिरमान, चीनका टेम्पोररी अल्टरनेटिभ डाइरेक्टर हाई वाङ, इजिप्टका टेम्पोररी अल्टरनेटिभ डाइरेक्टर अब्देल्लालिम अबुलहाम्द र सचिवालयका सिआओलान वाङ र काइ चेङ पनि हिजै राति काठमाडौं आएका हुन् ।

टोलीको चैत १४ गते फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : शनिबार, १० चैत्र २०८० १३:०५
प्रतिक्रिया दिनुहोस्