Logo

चोमोलुङमा डेभलपर्स ग्रुपको १५औं साधारण सभा सम्पन्न, पूजी बृद्धि तथा लगानीको दायरा बढाउनुपर्ने म्याण्डेट


काठमाडौ, ८ भदौं । चोमोलुङमा डेभलपर्स ग्रुप प्रालिको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंको टुसालमा सम्पन्न वार्षिक साधारण सभाले चुक्ता पूजीलाई बढावा दिने, उपयुक्त लगानीको नयाँ सम्भावना र दायरा बढाउनु पर्नेलगायतका ठोस योजना तय गरेको छ ।

कम्पनीका अध्यक्ष राधादेवी राईले कम्पनी स्थापनाको यो अन्तरालमा ९० प्रतिशत प्रतिफल वितरण गरेको उल्लेख गर्दै चुक्ता पूजीको १.५ प्रतिशतका दरले शेयर पूजी बृद्धि गर्ने १३औं साधारण सभाको निर्णयअनुसार केही काम भएपनि त्यसलाई पूर्णता दिन केही बाँकी रहेको जानकारी दिनुभयो । उहाँकाअनुसार हाल कम्पनीले रियलस्टेट र शेयर बजारमा लगानी गरेको छ ।

कम्पनीको साधारण सभामा जिमी राई उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष एवं समाजसेवी यस बहादुर राईले सामाजिक र आर्थिक विकासमा एकता पहिलो सर्त भएको उल्लेख गर्दै सामुहिक पूजी निर्माण गर्न कम्पनीले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यस कम्पनीमार्फत थप नयाँ योजनासहित अरुलाई पनि जोड्न सक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै प्रभु बैंकका पूर्व सञ्चालक समिति सदस्य एवं सफल व्यवसायी मन बाहिङले कम्पनीको पूजी बृद्धि गर्दै नयाँ लगानीको वातावरण सिर्जना गरिनुपर्ने र त्यसका लागि सही समयमा सही निर्णय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । रियलस्टेटसँगै शेयर मार्केट बुझेर उपयुक्त निर्णय गर्न सके कम्पनीको लक्ष्य र उद्देश्य हासिल गर्न सकिने भन्दै उहाँले त्यसका लागि सञ्चालक समिति थप बलियो रुपमा प्रस्तुत हुनुपर्नेमा पनि जोड दिनुभयो ।

सफल व्यवसायी तथा नेपाली कांगे्रस सोलुखुम्बुका प्रभावशाली नेता प्रकाशसिं कार्कीले सफलता प्राप्तिका लागि चुनौति मोल्न सक्नुपर्ने भन्दै आवश्यकताका आधारमा पूजी बढाउनुपर्नेमा जोड दिनुभयो । सामुहिक लगानीमा विश्वासको आधार मुख्य हुने भनाइ उहाँको थियो । उहाँले केही प्राप्त गर्नका लागि सञ्चालक समितिमाथि विश्वास गरेर सबैले सहयोग गर्दै नयाँ योजनातिर लाग्नुपर्ने सुझावसमेत दिनुभयो ।

अर्का व्यवसायी मानबीर राईले कम्पनीले शेयरधनी र सामुहिक आवश्यकताको पहिचान गरी लगानी योजना योजना बनाउनुपर्ने र त्यसको कार्यान्वयनमा जोखिम पनि उठाउन सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मुलुकको अर्थतन्त्रको अवस्था र यसभित्रका चुनौतिहरुलाई चिरेर अघि बढ्न सक्नेगरी कम्पनीले अघि सारेको योजनाहरुलाई पूरा गर्न सञ्चालक समितिलाई थप प्रभावकारी रुपमा अघि बढ्नुपर्ने सुझाव दिए ।

प्रालिका अध्यक्ष राधादेवी राईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाबाट कम्पनीका प्रवन्ध निर्देशक केशव कुमार राईले प्रस्तुत गर्नुभएको कम्पनीको गतिविधि, विवरण तथा प्रतिवेदन र सञ्चालक समितिका सदस्य विक्रमबाबु राईले प्रस्तुत गर्नुभएको तीन बुदे विशेष प्रस्ताव सर्वसम्मत पारित गरिएको छ ।

प्रकाशित मिति : शनिबार, ८ भाद्र २०८१ १५:१४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ