Logo

सोलुदुधकुण्ड नगरपालिकाको अर्को उपलब्धि: नुम्बुर बहुप्राविधिक शिक्षालयका लागि साढे ११ करोड सहयोग


काठमाडौं, १४ असार । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा सञ्चालन हुने नुम्बुर बहुप्राविधिक शिक्षालयका लागि महत्वपूर्ण आर्थिक सहयोग प्राप्त हुने भएको छ ।

शिक्षालय सञ्चालनका लागि फ्रान्सस्थित सोलु-च्याम संस्थाले ५ वर्षका लागि रू ११ करोड २३ लाख ७५ हजारको सहयोग गर्ने भएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

सो आर्थिक सहयोग सम्बन्धि सम्झौतापत्रमा शनिबार नगरपालिकाको तर्फबाट आफू र सोलु-च्यामको तर्फबाट नेपाल प्रतिनिधि निमा शेर्पाले हस्ताक्षर गरेको नगरप्रमुख शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ ।

यो सम्झौतासँगै अब नुम्बुर बहुप्राबिधिक शिक्षालयको दिगो सञ्चालनको लागि भरपर्दो आधार तयार भएको उल्लेख गर्दै नगरप्रमुख शेर्पाले यो उपलब्धिले सोलुदुधकुण्ड नगरपालिकामा मात्रै नभइ सिंगो सोलुखुम्बुमै प्राविधिक शिक्षामा नयाँ सम्भावनाको ढोका खोलेको बताउनुभएको छ ।

‘यो सम्झौता सोलुदुधकुण्ड नगरपालिकाको शिक्षा क्षेत्रमा ऐतिहासिक उपलब्धि हो’- नगरप्रमुख शेर्पाले भन्नुभएको छ।

प्रकाशित मिति : शनिबार, १४ असार २०८२ २०:१८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ