माछापुच्छ्रे बैँकद्वारा नेचासल्यान गाउँपालिकामा ग्राहक सेवा केन्द्र स्थापना
सोलुखुम्बु । माछापुच्छ्रे बैँकले सोलुखुम्बु जिल्लामै पहिलो शाखारहित बैकिङ सेवाको रुपमा नेचासल्यान गाउँपालिका २ सल्यान स्थित दोदीमा ग्राहक सेवा केन्द्र स्थापना गरेको छ ।
ग्राहक सेवा केन्द्रको उद्घाटन मंगलबार नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले गर्नुभएको हो।
सो अवसरमा संचालकलाई कारोबारका लागि प्रयोग गरिने बिएलबि डिभाईस हस्तान्तरण गर्दै बास्तोलाले आँफैले पहिलो खातासमेत संचालनमा ल्याउनुभयो । माछापुच्छ्रे बैँकको सेवा विस्तारले सल्यानीको जीवनशैलीमा परिर्वतन आउने विश्वास व्यक्त गरे ।
बैँकका सल्लेरी शाखा प्रबन्धक टेक बहादुर बस्नेतले सजिलो र भरपर्दो माध्यमबाट वित्तीय कारोबारको लागि शाखा रहित बैकिङ सेवाले सहज बनाउने बताउनुभयो । जिल्लामा आधा दर्जन बढि बैँकहरु खुलेपनि सर्वसाधारणको पहूँच नपुगेको अवस्थामा ग्राहक सेवा केन्द्रले सल्यानीलाई सहयोग पुग्ने प्रबन्धक बस्नेतको भनाई थियो ।