Logo

कृष्णबहादुर महरा १३५ दिनपछि डिल्लीबजार कारागारबाट बिदाइ भएको क्षण


काठमाडौं । बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा रिहा भएका छन् । महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भएका छन् ।

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।

संसद सचिवालयकी कर्मचारीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा महरा हिरासत र पुर्पक्षका लागि थुनासमेत गरेर एक सय ३५ दिन बन्दी बने।

गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाएकी थिइन्। असोज १४ मा महराले सभामुख पदबाट राजीनामा दिएका थिए।

उजुरी दर्ता भएपछि असोज १९ मा उनी पक्राउ परे। एक महिना हिरासतमा बसेपछि तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

प्रकाशित मिति : सोमबार, ५ फाल्गुन २०७६ १६:२८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ