Logo

अखिलका पूर्वनेता इन्द्रहाङले बलात्कार गरेको ठहर्‍याउन नसकिने फरेन्सिकको रिपोर्ट


काठमाडौं – बलात्कार मुद्दामा समातिएका अनेरास्ववियूका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राईले युवतीलाई बलात्कार गरेको हो भनेर ठहर्‍याउन नसकिने फरेन्सिक रिपोर्टले देखाएको छ।

सो रिपोर्ट विधि विज्ञान प्रयोगशालाले अदालतलाई बुझाएको छ।

एक विद्यार्थीलाई देउसी खेल्न बोलाई बलात्कार गरेको अभियोगमा राई पुर्पक्षका लागि थुनामा छन्। काठमाडौँ जिल्ला अदालतमा सो मुद्दाको सुनुवाइ भइरहेको छ।

प्रहरीले वीर्यसहितको तन्ना, राई र पीडित युवतीको वस्त्र, भेजाइनल स्वाबसमेत परीक्षणमा पठाएको थियो। तर, राईको वीर्य संकलित कपडा तथा पीडितको गुप्तांगमा फेला नपरेको रिपोर्टमा उल्लेख छ।

तर, अदालतले फरेन्सिक रिपोर्ट नमिले पनि बलात्कार मुद्दामा दोषी ठहर गरेको नजिर छन्।

प्रकाशित मिति : शनिबार, १० फाल्गुन २०७६ ०८:३७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ