Logo

गृहमन्त्री नै भन्छन्: ‘भ्रष्टाचारीलाई कारबाही गरे स्थानीय तह नै खाली हुन्छ’


पर्वत : गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले स्थानीय तहमा भ्रष्टाचार बढिरहेको भन्दै त्यसबारे चिन्ता व्यक्त गरेका छन्।

नेकपा पर्वतले आयोजना गरेको नेता तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अख्तियारलाई उद्धृत गर्दै स्थानीय तहमा भ्रष्टाचार बढेको बताएका हुन्।

‘अख्तियारबाट थाहा पाएको कुरा अनुसार सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको छ’, उनले भने, ‘अख्तियारले भनेको छ, स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने तहहरू नै खाली हुने अवस्था छ।’

स्थानीय तहका जनप्रतिनिधिलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गर्नुले स्थानीय तहमा भइरहेको भ्रष्टाचारको अवस्था देखाएको गृहमन्त्री थापाको भनाई छ।

झन्डै दुईतिहाइ बहुमतको सरकार केन्द्रमा रहनु र अधिकांश स्थानीय तहमा नेकपाकै जनप्रतिनिधिको वर्चस्व रहेका कारण नेकपाले नै भ्रष्टाचार रोक्ने गरी काम गर्नुपर्नेमा उनको जोड रहेको थियो।

प्रकाशित मिति : आईतवार, १८ फाल्गुन २०७६ १६:५८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ