Logo

अब आत्तिनु पर्दैन : चीनले बनायो कोरोनाविरुद्धको ‘भ्याक्सिन’


काठमाडौं- चीनले कोरोना भाइरस (कोविड-१९) विरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता प्राप्त गरेको छ ।

यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो । यो खबरसंगै विश्वभर आसाको संचार भएको छ ।

चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो।

चाइना सेन्ट्रल टेलिभिजनका अनुसार शेनको टीमले कोरोनाविरुद्धको खोप बनाउन सफलता प्राप्त गरेको हो।

उक्त टीमले रातदिन लगाएर खोपको ‘क्लिनकल एप्लीकेशन’ तयार गरेको जनाइएको छ ।

चीनको मिलिट्री मेडिकल साइन्स एकेडेमीलाई खतरनाक भाइरसविरुद्धको  कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ।

यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन्। चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र  कोरोनाको आतंक अन्त्य हुनेछ।

प्रकाशित मिति : बिहीबार, २२ फाल्गुन २०७६ ०७:२०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ