Logo


काठमाडौं : सरकारले अबको एक महिनासम्मलाई युरोपसहित विभिन्न मुलुकबाट नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ।  विश्वभर फैलिएको कोरोना भाइरसबाट जोगिन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने सबै यात्रुलाई आगामी बैशाख ३ गतेसम्म नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो। बैठकको प्रस्ताव अनुसार ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्यरातिदेखि लागु हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म प्रतिबन्ध लाग्नेछ।

बैठकले यससम्बन्धी सूचना सम्बन्धित देशका कूटनीतिक नियोगमार्फत पठाइने जनाएको छ।  सरकारले ट्राभल एडभाइजरी जारी गरिएको अवधिमा उडान यात्रा स्थगन या उडान कम्पनी आफैंले उडान रद्ध गरेको अवस्थामा यात्रुबाट अतिरिक्त शुल्क नलिने व्यवस्था पनि गर्ने भएको छ। त्यसको अनुगमन पर्यटन मन्त्रालयले गर्ने भएको छ।

प्रकाशित मिति : बुधबार, ५ चैत्र २०७६ १८:११
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ