Logo

कांग्रेस सोलुद्वारा ‘कोरोना पिडित तथा बेरोजगार राहत कोष’ अवधारणा सार्वजनिक


सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले ‘कोरोना पिडित तथा बेरोजगार राहत कोष’ स्थापनाको अवधारणा सार्वजनिक गरेको छ । कांग्रेसले शुक्रबार सल्लेरीमा पत्रकार सम्मेलन आयोजना गरी नागरिक सहायताका लागि स्थानीय सरकारको सहकार्यमा यो अवधारणा अघि बढाइएको जनाएको छ ।

सो कोष स्थापनाका लागि कांग्रेस सोलुखुम्बुले ८ स्थानीय तहमा ४ लाख रुपैयाँ परिचालन गर्नेछ । कांग्रेस सोलुखुम्बुका पूर्व सभापति आङगेलु शेर्पाले हरेक स्थानीय सरकारमा कोष स्थापनाका लागि कांग्रेसले ५० हजार विउ पूँजी प्रदान गर्ने घोषणा गरे ।

हरेक स्थानीय तहमा कम्तीमा ५० लाखको कोष स्थापना गरेर कोरोना पिडित र वेरोजगार समस्या समाधानमा काम गर्ने गरि कांग्रेसले अवधारणा ल्याएको नेता शेर्पाले बताए । ‘स्थानीय सरकार प्रमुख संग छलफल गरेर सरकार प्रमुखकै मातहतबाट कार्यान्वयन हुने गरि अवधारणा ल्याएका हौं । हामीलाई लाग्छ की, सरकार प्रमुखहरुले पनि सकारात्मक रुपमा लिनु हुनेछ’ नेता शेर्पाले भने ।

कोष स्थापनाको छलफल र नगद हस्तान्तरणसंगै कोष स्थापनाको काम नेचासल्यान गाउँपालिकाबाट गरिने कांग्रेसको योजना छ । पत्रकार सम्मेलनमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, कांग्रेसका प्रदेश सभा ‘क’ सभापति सुर्य कुलुङ, प्रदेश सभा ‘ख’ सभापति कर्मा शेर्पा, नगर कार्यपालिका सदस्य सोनाम ग्याल्जेन शेर्पा, सोताङ कांग्रेस सभापति गणेश बस्नेत लगायतका जनप्रतिनिध तथा कांग्रेस नेताहरुको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा कांग्रेस सोलुखुम्बु सभापति बिनोद बस्नेत र उनी पक्षका नेताहरु भने उपस्थित थिएनन् ।

यस्तो छ  स्थानीय सरकारलाई कांग्रेसको सुझाव

कांग्रेसले विज्ञप्तीमार्फत् तत्कालिन, अल्पकालिन र दिर्घकालिन योजनाहरु पनि सुझावको रुपमा अघि सारेको छ । तत्कालिन रुपमा हरेक स्थानीय तहमा अपुरो रहेका योजना कार्यान्वयनका लागि बेरोजगार र विपन्न नागरिकलाई क्षमता एवंम दक्षताको आधारमा काम दिने र उनीहरुलाई सुरक्षित साथ कार्यस्थल मै बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकारलाई सुझाब दिएको छ ।

कांग्रेसले कोरोना कहरका कारण वैदेशिक रोजगारीमा रहेका सोलुखुम्बु करिब एक हजार गाउँ फर्केने संभावना देखिएकाले हरेक गाउँपालिकामा एक सय क्षमताको क्वारिन्टीन, हस्पिटल तथा स्वास्थ्य संस्थामा २० वेडको भेन्टिलेटर सहितको आइशोलेसन वार्ड निर्माण गर्न तत्कालिन सुझावदिएको छ ।

कांग्रेसको अल्पकालिन योजनामा कोरोनाका कारणले रोजगार गुमाएका बेरोजगार तथा अति विपन्न परिवारलाई कृषि तथा पशुपालनमा संलग्न हुने गरि विउविजन, बाख्रा तथा संगुरका पाठापाठी, कुखुराका चल्ला वितरण गरि राहतका कार्यक्रम अघि बढाउने विषय समाबेश गरिएको छ ।

कांग्रेसले कोरोना कहर थपिदै जाने संभावना बढेकाले स्थानीय तहमा संचालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा आइसोलेशनका लागि नयाँ भवन निर्माण गर्न र दिर्घकालिन रुपमा कृषि तथा पशुपालन उत्पादनका लागि आवश्यक तालिम र प्रविधिको व्यवस्थापन गरि नगदे बालीमा प्रोत्साहन गर्ने योजना ल्याउन स्थानीय सरकारलाई दिर्घकालिन सुझाव दिएको छ ।

1

प्रकाशित मिति : शुक्रबार, ५ असार २०७७ १३:४२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ