Logo

कोभिड–१९ को मारमा परेको विश्व पर्यटन कहिले तंग्रेला ?


निनाम कुलुङ ‘मंगले’

कोरोना भाइरस (कोभिड–१९) को असरका कारण विश्वको समग्र अर्थतन्त्रमा ठूलो गिरावट आएको छ । त्यस्तै विश्व पर्यटनमा पनि यसको असर पर्ने निश्चित देखिएको छ । यसै सन्दर्भमा यहाँ विश्वको पर्यटन अर्थतन्त्रमा (कोभिड–१९) ले पार्ने÷पारेको असर बोरे छोटो चर्चा गर्ने प्रयास गरिने छ । जस्तो कि, विसं २०७६ चैत अन्त्यमा संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व पर्यटन संगठन (डब्लुटीओ)ले केही तथ्यांकसहित एक प्रतिवेदन प्रकाशित गरेको थियो । सो प्रतिवेदनअनुसार विश्व पर्यटन क्षेत्रको आगमन (घुमघाम) संख्यामा सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० प्रतिशतसम्मले कमी आउने आँकडा प्रस्तुत गरेको थियो । अर्थात् विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरुको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० प्रतिशतसम्म घट्ने बताइएको छ । स्मरण रहोस्, यो तथ्यांक (कोभिड–१९) को असर अप्रिल–मे महिनासम्म कायम रहेमा भनी गरिएको तथ्यांकसहितको प्रतिवेदन हो । तर, (कोभिड–१९) को प्रभाव अप्रिल–मे महिना काटेर जुलाई महिनाको पहिलो हप्ता नाघ्दासम्म पनि पिक ! कै अवस्थामा कायमै रहेकोले सन् २०१९ को तुलनामा सन् २०२० मा विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरुको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० भन्दा बढी नै (६५/७५ प्रतिशत) घट्ने अनुमान सोझै गर्न सकिन्छ ।

हुन पनि गत मार्च महिनामा जापानमा भ्रमण गर्न आएका विदेशी पर्यटकहरुको संख्या ९३ प्रतिशतले घटेको भनी समाचार आएको थियो । सो समाचारअनुसार ‘यसरी जापानमा ९३ प्रतिशत विदेशी पर्यटक कम आउनु भनेको जापानको पर्यटन इतिहासमा सन् १९६४ पछिकै सबैभन्दा कम संख्या (प्रतिशत) रहेको थियो/छ । त्यसो त हिजो–आज जापानमा मात्रै नभएर विश्वभरिका प्रायः सबै देशमा पर्यटन उद्योग र व्यवसाय मन्द गतिमा रहेको छ । कतिपय देशहरुमा त पर्यटन उद्योग र व्यवसाय लगभग ठप्प रहेको अवस्थामा छ ! हुन पनि २०१९ को अन्त्य हुँदानहुँदै अर्थात् डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा देखा परेको ‘नोभेल कोरोनाभाइरस’ (हाल कोभिड–१९ भनिन्छ) नामक संक्रामक महामारीको भाइरसकै कारण जापान भ्रमण गर्न सन् २०२० को मार्चमा आएका विदेशी पर्यटकहरुको संख्या ९३ प्रतिशतले घटेको भनी जापानको समाचार संस्था ‘क्योदो’ले छापेको थियो । सो तथ्यांकअनुसार ‘गत मार्च महिनामा जापानमा १ लाख ९३ हजार ७०० जना विदेशी पर्यटकहरु मात्रै भ्रमण गरेका थिए ।’

खासमा चीनमा ‘नोभेल कोरोनाभाइरस–२०१९’ (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसका कारण मानिसहरु बिरामी हुने र मर्ने क्रम बढेपछि चिनियाँ नागरिकहरुले आप्mनो विदेश वा स्वदेशमा विदा मनाउने सबै कार्यक्रमहरु स्थगित गरेका थिए । त्यसपछि विश्वभरि नै पर्यटन आगमनमा कमी आउन सुरु भएको थियो । स्मरणीय छ, चिनियाँहरुले त्यही वेला (जनवरी–फेबु्रअरी) लामो बिदा पाउँछन् । किनभने, चिनियाँ पात्रोअनुासर चीनको नयाँ वर्ष पनि जनवरी मध्य–अन्त्यमा सुरु हुन्छ । त्यसो भएको हुँदा धेरै जसो चिनियाँ नागरिकहरु त्यही समयमा पर्यटक भएर विश्वका भिविन्न देशमा घुम्न निक्लन्छन् । त्यही वेला आन्तरिक पर्यटकका रुपमा आप्mनो देशको विभिन्न स्थानमा भ्रमण गर्ने क्रम अत्यधिक संख्यामा बढ्ने गर्छ । स्मरणीय छ, सन् २०१९ मा विश्वभरि १ अर्ब ४६ करोड १० लाख मानिसहरुले विश्वको विभिन्न देशमा पर्यटक भई भ्रमण गरेका थिए । यो भनेको १० वर्षअघिको तुलनामा दोब्बर संख्याले वृद्धि भएको थियो । त्यसो त विश्व पर्यटन संगठन (डब्लुटीओ) का अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा विश्वमा घुम्न निक्लने पर्यटकको संख्या ४० करोडले कमी आउने आँकल गरेको छ/थियो । त्यस्तै विश्व पर्यटन उद्योग क्षेत्रले २०२० मा ४ खर्ब ५० अर्ब अमेरिकी डलर बराबारको आर्थिक क्षति भोग्ने अनुमान गरिएको छ । तथ्याकअनुसार सन् २००८–२००९ संकटका वेलमा विश्व पर्यटनले ८८ अर्ब बराबरको आर्थिक क्षति व्यहोरेको थियो ।

नेपालमा पनि चीनबाट फैलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस–२०१९’ (कोभिड–१९) को असरकै कारणले सन् २०२० को पहिलो महिना अर्थात् जनवरी महिनाको तुलनामा सन् २०१९ को जनवरी महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या लगभग ३ प्रतिशतले घटेको थियो । तर, गत वर्षको मार्च महिनाको तुलनामा यो वर्षको मार्च महिनामा त नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ह्वात्तै (८०प्रतिशत !) ले घटेको अनुमान छ । अप्रिल, जुन र जुलाई महिनाको त तुलना गर्ने कुरै भएन । किनभने, यी ३ महिना हाम्रा लागि विदेशी पर्यटक आगमन लगभग शून्य बराबर नै रहने पक्का जस्तै देखिएको छ ।

यसरी हेर्दा हाम्रो जस्तो अल्प विकशित र कूल ग्राह्स्त उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान केवल २.९, ३.४ देखि बढी मा ४.९ सम्म मात्रै रहेको देशमा त पर्यटनमा आएको यस्तो मूर्दा शान्तिले ! लगभग ६४/५६ अर्ब (नेपाली रुपैँया) सम्मको आर्थिक क्षति व्यहोर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ भने, आफ्नो देशको कूल ग्राह्रस्त उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान लगभग ११/१७ देखि ५८/५९ प्रतिशतसम्म रहेको मकाउ, माल्दिभ्स, क्रोसिया, ग्रेनाडा, थाईल्यान्ड, सिंगापुर लगयात प्रशान्त महासागरीय देशहरुको हालत के होला ? सहजै अनुमान गर्न सकिन्छ ।

किनभने, गत मार्च अन्तिम वा अप्रिलको सुरुतिरै अन्त्य अथवा कम होला भनिएको (कोभिड–१९) को भाइरसले विश्वमा अझै पनि उधुम मच्चाई रहेको स्थिति छ । त्यसैले यस विषयमा विश्व पर्यटन संगठन (डब्लुटीओ) ले केकसो हो ? सो बारे नयाँ तथ्य–तथ्यांक निकालेको छैन । तापनि चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर लगायत युरोपको केही देशले भने केही निश्चित सावधानीहरु अपनाउँदै आन्तरिक पर्यटनलाई खुल्ला गर्न थालेका छन् । तर, हाम्रो देश नेपालमा आन्तरिक पर्यटनको खासै प्रचलन नरहेको र, (कोभिड–१९) को भाइरसले बल्ल उधुम मच्चाई रहेको ! ले गर्दा नेपालमा आन्तरिक पर्यटन फस्टाउने संभावना खासै देखिदैन ।

-ninamkirat123@gmail.com   

प्रकाशित मिति : बिहीबार, ८ श्रावण २०७७ ११:३४
प्रतिक्रिया दिनुहोस्