Logo

सोलुखुम्बुमा मातृशिशु मृत्यूदर न्यून, वर्थिङ सेन्टरमा सुत्केरी गराउनेको संख्या बढ्दो


सोलुखुम्बु जिल्लामा मातृशिशु मृत्यूदर प्रत्येक वर्ष न्यून हुँदै गएको छ । आमा तथा नवजात शिशुको जीवन बचाउने उद्देश्यका साथ सोलुखुम्बु जिल्लामा काम गरिरहेको वान हर्ट वल्र्डवाइडको तथ्यांकले यस्तो देखाएको हो ।

सन् २०१८ देखि संस्थाले सोलुखुम्बु जिल्लामा क्रियाशिल भएर काम गर्दै आइरहेको छ । संस्थाले सोलुखुम्बु जिल्लामा यो तीन वर्षको अवधिमा मातृ शिशुसम्बन्धि विभिन्न तहको तालिम, गोष्ठि तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको छ र, अबको तीन वर्ष अवधि सोलुखुम्बु जिल्लामा काम गर्नेछ ।

संस्थाले आइतबार माप्य दुधकोशी प्राथमिक अस्पतालमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा उठेका जिज्ञासालाई उत्तरित गर्ने क्रममा संस्थाकी फिल्ड तालिम सुपर भाइजर रिता कार्कीले वर्थिङ सेन्टरमा आएर सुत्केरी गराउनेको संख्या तीब्र रुपमा बढिरहेको र मातृ शिशुको मृत्यूदर पनि घटेको तथ्यांकले देखाएको बताउनुभयो ।

कार्कीकाअनुसार संस्थाले पहिलो वर्ष आन्तरिक तयारीस्वरुप अफिस व्यवस्थापनका साथै स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गर्ने, दोस्रो वर्षमा योजना तर्जुमा गरेर कार्यान्वयन गर्ने काम गरेको र तेस्रो (चालु) वर्षमा त्यसको अनुगमन तथा थप कार्यक्रमहरु अगाडि बढाउने काम गरिरहेको छ । अब छिट्टै आगामी सन् २०२१ को लक्षित कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

संस्थाले सोलुखुम्बु जिल्लामा खुम्बु पासाङल्हामु गाउँपालिकाबाहेक सात वटा स्थानीय तहमा हेर्दै आएको छ । सात वटा स्थानीय तहमा अहिलेसम्म जम्मा २१ वटा वर्थिङ रहेका छन् । माप्य दुधकोशीमा २ वटा, लिखुपिकेमा १ वटा, महाकुलुङमा ३ वटा, सोताङमा १ वटा, नेचा सल्यानमा ३ वटा, थुलुङ दुधकोशीमा ६ वटा र सोलु दुधकुण्ड नगपालिकामा ५ वटा रहेको छ ।

संस्थाले अहिलेसम्म छेस्काम, जुभिङ, बुङ, सोताङको वर्थिङ सेन्टर मर्मत सम्भारमा सहयोग गरेको छ । अब वाकु र टाक्सिन्दुमा बन्दै गरेको वर्थिङ सेन्टरको मर्मत सम्भारमा पनि संस्थाले प्रत्यक्ष सहयोग गर्दैछ ।

यसैबीच, माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ मा वाकुको फापरेमा वर्थिङ सेन्टरसहितको हस्पिटल निर्माण हुँदैछ । वान हर्ट वल्र्डवाइड संस्थाको साझेदरी सहयोग रहेको उक्त हस्पिटल निर्माणको लागि आउँदो हप्ता सम्झौता हुने जनाइएको छ । माप्य दुधकोशी गाउँपालिकाको तर्फबाट ४० लाख, वान हर्ट वल्र्डवाइडको ३३ लाख, एक्सन फर नेपाल संस्थाको साढे ३२ लाख र समुदायको साढे दुई लाख गरी जम्मा एक करोड ८ लाख रुपैयाँ बराबरको लगानीमा उक्त हस्पिटल निर्माण हुन लागेको हो ।

अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जुनितामाया मगर, वडा नम्बर ३ का वडा अध्यक्ष नारायणकाजी कार्की, नेकपा माप्य दुधकोशी गाउँपालिका कमिटीका अध्यक्ष गौरब राई, सोलुखुम्बु–काठमाडौं पत्रकार समाजका अध्यक्ष प्रकाश खालिङ, माप्य दुधकोशी गाउँपालिकाका स्वास्थ्य इन्चार्ज जितेन्द्र यादब, प्राथमिक अस्पतालका एमबीबीएस डाक्टर बुद्ध भण्डारी, बासा स्वास्थ्य चौकीका संयोजक त्रिनाथ राईलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आईतवार, २१ मंसिर २०७७ १२:०१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ