Logo

विप्लव समूहसँगको वार्तापछि गृहमन्त्री थापाको प्रतिक्रिया : छिट्टै सुखद् परिणाम आउनेछ


काठमाडौं, फागुन १९ । विप्लव समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीको संयोजक तथा गृहमन्त्री रामबहादुर थापाले सो समूहसँगको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताएका छन्।

आज बुधबार बिहान दुई पक्षबीच काठमाडौंमा औपचारिक वार्ता भएको हो। वार्तास्थल भने दुवै पक्षले गोप्य राखेका छन्।

थापाले पहिलो चरणको वार्तामा धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको बताएका छन्। उनले छिट्टै सुखद् परिणाम आउने बताएका छन्।

‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ। छिट्टै सुखद परिणाम आउने अपेक्षा छ।’

विप्लव समूहको तर्फबाट भने वार्तापछि त्यसबारे कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।

 

प्रकाशित मिति : बुधबार, १९ फाल्गुन २०७७ १५:२८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ