Logo

साहस ऊर्जाले साेलुबासीका लागि भदाै पहिलाे सातादेखि सेयर बिक्री खुवाउँदै


काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन सोलु खोला (दूधकोसी जलविद्युत ८६ मेगावाट)को प्रवर्द्धक साहस ऊर्जा कम्पनीले १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको आयोजनाको साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न अनुमति पाएको हो ।

बोर्डले प्रतिकित्ता सय रुपैयाँ अंकित १ अर्ब ५ करोड रुपैयाँ मूल्यको साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न बिहीबार अनुमति दिएको कम्पनीका अध्यक्ष हिम पाठकले बताए । स्थानीयका लागि भदौ पहिलो सातादेखि सेयर बिक्री खुल्ला गर्ने गरी तयारी सुरु गरेको पाठकले जानकारी दिए ।

‘हामीले बोर्डमा सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएका थियौं,’ भने, ‘हिजो मात्रै बोर्डले अनुमति दिएको छ । अब बाँकी प्रक्रिया पूरा गरेर सेयर निष्कासन गर्छौं ।’

उनले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीबासीका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिने उनले बताए । कम्पनीले स्थानीयबासीका लागि ३५ करोड रुपैयाँ (३५ लाख कित्ता) मूल्यको सेयर स्थानीयबासीका लागि छुट्याइएको छ ।

स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिसकेपछि सामूहिक लगानी कोष, कम्पनीमा कार्यरत कर्मचारी र सर्वसाधारणका लागि ७० करोड रुपैयाँ मूल्यको ७० लाख कित्ता सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मेवारी एनआइबिएल एस क्यापिटलले पाएको छ । कम्पनीले इकरा नेपालबाट ‘बि बि प्लस’ रेटिङ पाएको छ । कम्पनीको सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ बैंकले लगानी गरेका छन् । 

ऊर्जाखबर

प्रकाशित मिति : शनिबार, १६ श्रावण २०७८ १०:२८
प्रतिक्रिया दिनुहोस्