अविरल वर्षाका कारण बाटो भत्किदा खुम्बु क्षेत्रको आवतजावतमा समस्या
अर्जुन खालिङ राई
सोलुखुम्बु । अविरल वर्षाका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको फाक्दिङ क्षेत्रमा पहिरो झरेको छ । पहिरोले बाटो भत्किएपछि फाक्दिङ हुँदै खुम्बु क्षेत्रको आवतजावतमा समस्या आएको छ ।
पहिरोका कारण फाक्दिङको एउटा रिसोर्ट, निर्माणाधिन निजी घर तथा सामान राख्ने स्टोरमा क्षति पुगेको स्थानीय होटल व्यवसायी राजकुमार राईले जानकारी दिएका छन् ।
लगातार वर्षा परिरहेको कारण तत्काल सो क्षेत्रको बाटो निर्माण असम्भव भनाइ उनको छ । पहिरोले पारेको असरबारे विस्तृत जानकारी भने आउन बाँकी छ ।