Logo

माओवादी केन्द्र प्रदेश समिति सदस्यमा सोलुबाट १५ जना, केन्द्रीय प्रतिनिधिमा ७ जना निर्वाचित


सोलुखुम्बु – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नम्बर १ समिति सदस्यमा सोलुखुम्बुबाट १५ जना निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रदेशको प्रथम सम्मेलनबाट २५९ सदस्यीय समिति गठन गर्दा सोलुखुम्बु जिल्लाबाट खुल्ला, यूवा, दलित तथा महिला क्लस्टर मिलाएर १५ जना सदस्य सर्वसम्मत निर्वाचित भएको पार्टी सोलु जिल्ला संयोजक गोम्बु शेर्पा (कज्र्याङ)ले जानकारी दिए ।

संयोजक शेर्पाकाअनुसार प्रदेश सदस्य निर्वाचित हुनेहरुमा ठमनाथ पराजुली (धु्रब), सागर किराती, हिमाल गिरी, ङिमातेण्डुप शेर्पा, असिम राई, नाम्गेल शेर्पा, प्रलाद राई (प्रज्वल), गौरब राई, मेनुका पुरी गिरी, सुनिता किराती, अमृता राई, रिमा कुलुङ, अनिसा राई, जनरिसी राई र गोबिन्द कुमार विश्वकर्मा रहेका छन् । सोलुखुम्बुले १६ जना सदस्य पाएपनि एक दलित सदस्यको पद खाली रहेको छ । प्रदेश पदाधिकारी भने टुंगो लगाउन बाँकी छ ।

यसैबीच, आगामी पुसमा हुने केन्द्रीय सम्मेलनको लागि प्रदेश नम्बर १ बाट जम्मा ९६ जना प्रतिनिधि निर्वाचित गरेकोमा सोलुखुम्बु जिल्लाबाट ७ जना प्रतिनिधि चयन गरिएको छ । सोलुबाट प्रतिनिधि निर्वाचित हुनेहरुमा गोम्बु शेर्पा (कज्र्याङ), करुणा बस्नेत, महेन्द्र बहादुर राई (महेश), डम्बरबहादुर बस्नेत, पासा शेर्पा (कर्मा), गोविन्द कुमार विश्वकर्मा, सरिता मगर शेर्पा (जेनी) रहेका छन् ।

प्रकाशित मिति : सोमबार, २७ मंसिर २०७८ १९:३७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ