Logo

कुशल नेतृत्वको नतिजा: सिभिल इन्जिनियरिङको तेस्रो सेमेस्टरमा थुलुङ दुधकोशी गाउँपालिका प्रदेशकै उत्कृष्ट


सोलुखुम्बु । कुशल नेतृत्व र नेतृत्वमा दृढ इच्छाशक्ति भयो भने जुनसुकै काममा पनि उत्कृष्ट नतिजा निकाल्न सकिन्छ भन्ने कुरा थुलुङ दुधकोशी गाउँपालिकाले फरी प्रमाणित गरेर देखाएको छ ।

शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा महत्वाकांक्षी योजना अघि सारेर त्यसलाई सफलतापूर्बक सम्पन्न गर्दै सधैं चर्चाको शिखरमा रहेका गाउँपालिका अध्यक्ष अशिम राईको नेतृत्वमा सञ्चालित थुलुङ दुधकोशी बहुप्राबिधिक शिक्षालयले डिप्लोमा इन सिभिल इन्जिनियरिङतर्फ तेस्रो सेमेस्टरको परीक्षामा प्रदेशकै उत्कृष्ट नतिजा निकालेर सो कुरा प्रमाणित गरेको हो।

साधन श्रोत र सुबिधाका हिसाबले निकै अगाडी देखिएका प्रदेशका अन्य जिल्लामा सञ्चालित प्राबिधिक विद्यालयलाई पछि पार्दै सो शिक्षालयले उत्कृष्ट नतिजा हात पार्न सफल भएपछि डिप्लोमा इन सिभिल इन्जिनियरिङका लागि थुलुङ दुधकोशी आकर्षक गन्तव्य बन्ने सम्भावना बढेर गएको छ।

सीटीईभिटीसंगको साझेदारीमा अध्यक्ष राईकै पहलमा २०७७ सालबाट सञ्चालनमा ल्याईएको सो बहुप्राविधिक शिक्षालयले २०७९ मा सञ्चालित तेस्रो सेमेस्टरको परीक्षामा ६५.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर प्रदेशकै उत्कृष्ट नतिजा हात पार्न सफल भएको हो।

सो परीक्षामा ५६.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर राष्ट्रिय सेकेण्डरी स्कुल सुनसरीले दोश्रो र ४७.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर मनमोहन मेमोरियल पोलिटेक्निक मोरङ तेस्रो भएका छन् । गत भदौमा सञ्चालित सो सेमेस्टरको नतिजा सीटीईभिटीले शुक्रबार प्रकाशित गरेको थियो।

थुलुङ दुधकोशी बहुप्राबिधिक शिक्षालयमा सोलुखुम्बु बाहेक ओखलढुंगा, मोरङ र जाजरकोटका समेत विद्यार्थी अध्ययनरत रहेको गाउँपालिका आईटी शाखा प्रमुख सहदेब राईले जानकारी दिए।

ढिंडो र गुन्द्रुक खाएर गाउँमै अब्बल सब-इन्जिनियर उत्पादन गर्न सकियोस् भन्ने अभिप्रायले गाउँपालिकाले करोडौं खर्च गरेर स्थापना गरेको प्राविधिक शिक्षालयको यो नतिजा प्राबिधिक शिक्षा क्षेत्रका लागि ठुलो सफलता भएको बताउंँदै अध्यक्ष राईले यसलाई अझ उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने बताए।

प्रकाशित मिति : आईतवार, ३१ बैशाख २०८० ११:०५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ