Logo

थुलुङ दुधकोशी बहुप्राबिधिक शिक्षालयकाे विध्यार्थीहरुका लागि अध्यक्ष राईद्वारा ४ वटा अफर घोषणा !


आधारभूत शिक्षालाई समयानुकुल सुधार गर्न नसके समृद्धि र दीगो विकास असम्भवः अध्यक्ष राई

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले आधारभूत तहको शिक्षालाई समयानुकुल व्यापक सुधार गर्न सकेमात्रै समृद्धि, सुशासन र दीगो विकासले सार्थकता पाउने बताउनुभएको छ । थुलुङ दुधकोशी बहुप्राबिधिक शिक्षालयका विद्यार्थीहरुसँगको अन्तक्र्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले औपचारिक शिक्षा र प्राविधिक शिक्षाको बीचमा देखिएको ठूलो खाँडललाई पुर्नका लागि गाउँपालिकाले आफ्नै स्वामित्वको बहुप्राविधिक शिक्षालय स्थापना गरिएको पनि बताउनुभयो ।

विद्यार्थीहरुलाई गरिखाने शिक्षा अनि जीवन र व्यवहारमा प्रयोग गरेर बाँच्न पाउने शिक्षा कसरी दिन सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर सुन्यबाट सुरुवात गरिएको यस प्राविधिक शिक्षालयमा निकट भविष्यमै नर्सिङदेखि अन्य बहुप्राविधिक शिक्षा सञ्चालन गर्नका लागि आफु लागि परेको पनि बताउनुभयो ।


सोही अवसरमा उहाँले विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै कार्यक्रमसँगै चार वटा अवसरको घोषणासमेत गर्नुभयो । उहाँकाअनुसार पालिकाभरीका सबै घरहरुको नक्सा पास अनिवार्य गर्नेगरी कार्यविधि तयारी भइरहेको र सोही कार्यमा विद्यार्थीहरुलाई रोजगारी दिनेगरी पढ्दै कमाउँदै कार्यक्रम ल्याउन लागिएको हो ।

त्यस्तै उहाँले घोषणा गर्नुभएको थप अफरमध्ये यस शिक्षालयबाट पास गरेर गएपछि सबै विद्यार्थीहरुलाई जागिर सुनिश्चित गर्ने गरी सम्बन्धित कम्पनीहरुसँग एमओयू गर्ने तयारी भइरहेको छ भने लोकसेवा प्रतिस्पर्धामा जान चाहाने विद्यार्थीहरुका लागि स्पेसल कक्षा सञ्चालन गर्नेगरी आउँदो बजेटमा व्यवस्था गर्ने तथा आवश्यक अत्याधुनिक ल्यावको लागि गाउँपालिकाबाट थप बजेटको व्यवस्थापन गर्ने रहेको छ ।

थुलुङ दुधकोशी बहुप्राबिधिक शिक्षालय डिप्लोमा इन सिभिल इन्जिनियरिङतर्फ तेस्रो सेमेस्टरको परीक्षामा प्रदेशकै उत्कृष्ट नतिजा निकाल्न सफल कलेज हो ।

साधन श्रोत र सुबिधाका हिसाबले निकै अगाडी देखिएका प्रदेशका अन्य जिल्लामा सञ्चालित प्राबिधिक विद्यालयलाई पछि पार्दै सो शिक्षालयले उत्कृष्ट नतिजा हात पार्न सफल भएपछि डिप्लोमा इन सिभिल इन्जिनियरिङका लागि थुलुङ दुधकोशी आकर्षक गन्तव्य बन्ने सम्भावना बढेर गएको छ ।

सीटीईभिटीसंगको साझेदारीमा अध्यक्ष राईकै पहलमा २०७७ सालबाट सञ्चालनमा ल्याईएको सो बहुप्राविधिक शिक्षालयले २०७९ मा सञ्चालित तेस्रो सेमेस्टरको परीक्षामा ६५.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर प्रदेशकै उत्कृष्ट नतिजा हात पार्न सफल भएको हो।

सो परीक्षामा ५६.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर राष्ट्रिय सेकेण्डरी स्कुल सुनसरीले दोश्रो र ४७.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर मनमोहन मेमोरियल पोलिटेक्निक मोरङ तेस्रो भएका छन् ।

थुलुङ दुधकोशी बहुप्राबिधिक शिक्षालयमा सोलुखुम्बु बाहेक ओखलढुंगा, मोरङ र जाजरकोटका समेत विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : बिहीबार, ७ असार २०८० १०:५२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ