Logo

सोलुदुधकुण्ड नगर क्षेत्रका तीन आयोजनाको बजेट सुनिश्चित, टेन्डर आव्हान हुँदै


काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा सञ्चालित तीन वटा बहूद्देश्यीय आयोजनाको लागि बजेट सुनिश्चित भएको छ ।

सहरी विकास मन्त्रालयको सघन सहरी आयोजना अन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाको फाप्लु–खोलाघारी–बेनी–खाम्जे–जुनबेशी–मोपुङ हुँदै थुप्तेन छोलिङ गुम्बा जोड्ने सडक स्तरोन्नति, तामाखानी स्थित ज्वालामाईदेवी मन्दिरको पूर्वाधार र नयाँ बजार–दोर्पु सडक ढलानका लागि २० करोड बजेट सुनिश्चित गरिएको नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो ।

बजेटको स्रोत सुनिश्चितता भएसँगै बजेट ब्रेक डाउन हुने र बहुवर्षिय योजना स्वीकृत भई टेन्डर प्रक्रियामा जाने भनाई नगर प्रमुख शेर्पाको छ । उहाँले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ, ‘बजेट विनियोजनका लागि नेपाली काँग्रेसको श्रद्धेय नेता तथा माननीय सहरी विकास मन्त्री सीता गुरुङलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : मंगलवार, १५ फाल्गुन २०८० १७:५५
प्रतिक्रिया दिनुहोस्