Logo

खालिङ संस्थाको आठौं राष्ट्रिय महाधिवेशन चैत्र ३ मा, जिल्लाहरुको अधिवेशन धमाधम


काठमाडौं । किरात खालिङ राई उत्थान संघको आठौं राष्ट्रिय महाधिवेशन यही मिति २०८० चैत्र ३ गते काठमाडौंमा हुँदैछ । संघीय सांसद मानबीर खालिङ राईको प्रमुख आतिथ्यतामा हुने उक्त महाधिवेशनमा खालिङ समुदायका जनप्रतिनिधि, उच्च ओहदाका प्रशासक, समाजसेवी, शिक्षासेवीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाइसकेका व्यक्तित्वहरुको उपस्थिति रहने संघले जनाएको छ ।

भाषा, धर्म र संस्कृति संरक्षण हाम्रो अभियान, मौलिक इतिहास खालिङ सभ्यता हाम्रो पहिचान भन्ने मुल नाराका साथ सम्पन्न हुन लागिरहेको आठौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा जिल्ला शाखाहरुको अधिवेशन धमाधम भइरहेको छ । केही महिनाअघि काठमाडौं जिल्लाको अधिवेशन सम्पन्न गरेको संघले भर्खरै मात्र सोलुखुम्बु, खोटाङ, मोरङ सुनसरीलगायतका जिल्लाहरुको अधिवेशन धमाधम भइरहेको संघकी अध्यक्ष सीता कुमारी खालिङ राईले जानकारी दिनुभयो ।

प्राप्त जानकारीअनुसार भर्खरै सल्लेरीमा सम्पन्न सोलुखुम्बु जिल्लाको अधिवेशनले पुनः महेश खालिङ राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मिंमार खालिङ राई, द्धितीय उपाध्यक्षमा मणिकुमार खालिङ राई, सचिवमा सज्जन खालिङ राई, सहसचिवमा भवीराज खालिङ राई, कोषाध्यक्षमा इन्दिरा मगर खालिङ राई रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मनिका खालिङ रार्ई, माया बम्जन खालिङ राई, दिनेश खालिङ राई, नलबहादुर खालिङ राई र प्रदिप खालिङ राई चयन हुनुभएको छ ।

त्यस्तै खोटाङ जिल्लाको तेस्रो जिल्ला अधिवेशनले शिव राज खालिङ राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा भेष बहादुर खालिङ राई, सचिवमा मुगाधन खालिङ राई, सहसचिवमा सरोज खालिङ राई, कोषाध्यक्षमा कला खालिङ राई रहनुभएको छ भने सदस्यहरुमा सुमी खालिङ राई, गोपाल खालिङ राई, सञ्जिब खालिङ राई, दिलकुमार खालिङ राई, प्रदिप खालिङ राई र बिनिता खालिङ राई रहनुभएको छ ।

यसैगरी मोरङ सुनसरीको तेस्रो अधिवेशनबाट पर्वत खालिङ राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सुन्दर हरैचा, खोर्सानेमा सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा विष्णु खालिङ राई, सचिवमा जेट बहादुर खालिङ राई, सहसचिवमा कविता खालिङ राई, कोषाध्यषमा पनिता खालिङ राई निर्विरोध निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा विषुवरी खालिङ राई, मनिता खालिङ राई, रामकुमार खालिङ राई, नवीन खालिङ राई, खड्ग खालिङ राई, रमेश खालिङ राई, संगीता खालिङ राई र राम बहादुर खालिङ राई रहनुभएको छ ।

संघको उदयपुर जिल्ला कार्यसमितिको अधिवेशन पनि सम्पन्न भएको छ । उदयपुर जिल्लाको अधिवेशनले भुषण खालिङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा बालजित खालिङ, सचिवमा भक्त खालिङ, कोषाध्यक्षमा शम्भुराज खालिङ र सहसचिवमा गान्दीप खालिङ रहनुभएको छ भने सदस्यहरुमा राजेन्द्र खालिङ, सुरेन्द्र खालिङ, चन्द्र खालिङ र कमल खालिङ रहनुभएको छ ।

संघको विभिन्न देशमा पनि शाखा समितिहरु छन् । संघका बरिष्ठ उपाध्यक्ष बलबहादुर खालिङकाअनुसार यसअघि नै विदेश शाखाहरुको अधिवेशन भइसकेको र हाल अमेरिकामा मकर बहादुर खालिङको नेतृत्वमा, बेलायतमा पुर्ण बहादुर खालिङको नेतृत्वमा र युएई (दुवई)मा ढल बहादुर खालिङको नेतृत्वको कार्यसमिति रहेका छन् ।

यसैबीच, संघको शुभेच्छुक संस्थाको रुपमा रहेको किरात खालिङ राई कलाकार संघको प्रथम अधिवेशनबाट गायक पूर्ण खालिङ राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अञ्जना खालिङ राई, सचिवमा खालिङ राई, सहसचिवमा रमेश खालिङ राई, कोषाध्यक्षमा मनिषा खालिङ राई र सहकोषाध्यक्षमा कुविरधन खालिङ राई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा जिम्बे खालिङ राई, हेमन्त खालिङ राई, उर्मिला खालिङ राई, मिलन खालिङ राई, छविमाया खालिङ राई, रुद्र खालिङ राई, राजकुमार खालिङ राई, धन खालिङ राई र कृष्णश्वर खालिङ राई रहनुभएकोछ ।त्यस्तै कोषलाई व्यवस्थित गर्नका लागि मासिमी कुमार खालिङको अध्यक्षतामा वास समितिसमेत गठन गरिएको छ ।

प्रकाशित मिति : बुधबार, ३० फाल्गुन २०८० २३:०१
प्रतिक्रिया दिनुहोस्