Logo

माप्य दुधकोशी गाउँपालिका वडा नं. ५ द्वारा काठमाडौंबाट पनि सेवा प्रदान


काठमाडौं ।  माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ ले गत वर्ष जस्तै काठमाडौँबाट सेवा प्रदान गरिरहेको छ ।

साउन ४ गते शुक्रबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण साथै नविकरण, जन्मदर्ता, विवाह दर्ता लगायत वडाबाट प्रदान गरिने सेवाहरु सेवा प्रदान गरिरहेको वडा अध्यक्ष अविरल वाईवाले जानकारी दिनुभयो ।

काठमाडौँदेखि सोलुखुम्बु आवतजावतका क्रममा सामाजिक सुरक्षा भत्ता बराबर पाउने रकम आवतजावतमा खर्च हुने बताउँदै वृद्धवृद्धाहरुको सहजताका लागि राजधानी काठमाडौँबाटै सेवा प्रदान गरिएको उहाँको भनाई छ ।

गत वर्ष ६७ जना वडाबासीहरुले काठमाडौंबाटै सेवा लिएका थिए ।

प्रकाशित मिति : शनिबार, ५ श्रावण २०८१ ०९:३७
प्रतिक्रिया दिनुहोस्