Logo

पहिचान पुरस्कारको उत्कृष्ट ८ पुस्तकमा गिलु रातेसको ‘सिलीदुङ’ छनौट


काठमाडौं । पहिचान पुरस्कार कोषले २०८०/०८१ मा प्रकाशित भई कोषमा दर्ता भएका उत्कृष्ट ८ पुस्तक छनौट गरेको छ । जसमा गिलु रातोसको कृति सिलीदुङ एक नम्बरमा परेको छ ।

त्यस्तै विश्व कुइकेलको गोपीचा, मिथोचको आगोको पिदार, राजु स्याङतानको ओ पेङ्दोर्जे, प्रविण खालिङ (भारत)को चिया गफ अभागी थेगुवाको सपनाहरुको बही, श्याम सामसोहाङको मुन्दुम ट्रेल र निर्भीकजंग रायमाझीको त्यसरी त कहिल्यै सोचिएन छनौटमा परेका छन् ।

२०८१ साल भदौं २५ गते को दिन बसेको कोषको बैठकले उत्कृष्ट पुस्तकहरुको सूचि तयार गरेको कोषका संस्थापक नरेश काङमाङ राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

सो पुरस्कार ४ लाख दुई हजार रुपैयाँ राशीको रहेको छ । यसअघि ११ वटा कृतिलाई सो पुरस्कार प्रदान गरिसकिएको छ ।

प्रकाशित मिति : मंगलवार, २५ भाद्र २०८१ १९:५३
प्रतिक्रिया दिनुहोस्